News Portal

पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

हिमालीसंचार संवाददाता
२४२ पटक

पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको सडक किनारमा सोमबार बिहान एक युवकको शव फेला परेको छ।

स्थानीयवासीहरू बिहानको समयमा दैनिक क्रियाकलापका लागि घर बाहिर निस्कँदै गर्दा सडक छेउमा एक व्यक्तिको रगताम्य अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले प्रारम्भिक अनुसन्धानबाट युवकको हत्या गरिएको पुष्टि गरेको छ।

प्रहरीका अनुसार, मृतक अन्दाजित ३० वर्ष जतिको देखिने छन् र उनको टाउकोमा कडा प्रहार गरिएको पाइएको छ। घटनास्थलमा किला ठोक्ने घनजस्तो भारी वस्तु प्रयोग गरिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरी बहादुर बस्नेतले बताए, ‘हामी घटनास्थलमै छौं, हाल अनुसन्धानको प्रारम्भिक चरणमा छौं र मृतकको पहिचान खुलाउन प्रयास भइरहेकै छ।’

शव भेटिएको तरखर बिहानै भए पनि घटनाको सटिक समय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। घटनाबारे सम्पूर्ण विवरण संकलन गर्न र दोषी पहिचान गर्न प्रहरी सक्रिय भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...