News Portal

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    हिमालीसंचार संवाददाता
    ७४ पटक

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७० वर्षे उमेरहदको प्रावधान अब अप्रासंगिक भइसकेको दाबी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित अनेरास्ववियु (एमाले)को महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उमेर होइन, कार्यक्षमता र स्वास्थ्य मुख्य मापदण्ड हुनुपर्ने धारणा राखे।

    “७० वर्षे उमेरहद त अब फेल खाइसक्यो, म स्वयं ७४ वर्षमा प्रवेश गर्दैछु,” प्रधानमन्त्री ओलीले प्रष्ट रूपमा भने, “नेतृत्व दिने हो भने स्वास्थ्य र कार्यशक्तिमा निर्भर हुनुपर्छ, खाली उमेर हेरेर नेताको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन।”

    एमालेले २०७८ सालको विधान सम्मेलनमार्फत ७० वर्षे उमेर सीमा तय गरे पनि २०८० जेठमा बसेको सचिवालय बैठकले त्यसलाई औपचारिक रूपमा निलम्बन गरिसकेको छ। यद्यपि, पार्टीभित्र अझै पनि उमेरहदको सैद्धान्तिक बहस जारि नै छ।

    ओलीले भने, “यस्ता बहसहरूमा कार्यकर्ताहरूलाई बहकिनु हुँदैन। आवश्यकता अनुसार पार्टीले निर्णय लिन्छ।” उनले चीन, साइप्रस लगायतका कम्युनिस्ट पार्टीहरूमा पनि यस्ता प्रावधान हटाइएको उदाहरण दिए।

    “चीनले महासचिव र राष्ट्रपति दुई कार्यकाल मात्र हुने भनेर सीमा तोकेको थियो, तर राष्ट्रपति सी चिनफिङलाई आवश्यक देखेर त्यो नियम हटाइयो। अहिले उनी ७२ वर्षका भइसक्नुभएको छ,” ओलीले उल्लेख गरे।

    त्यस्तै, उनले माधव नेपाल, झलनाथ खनाल, मनमोहन अधिकारी, सिपी मैनालीलगायतका नेताहरूको उदाहरण कोट्याउँदै उमेर होइन, पार्टीको आवश्यकता र समयअनुसार निर्णय हुने बताए।

    “झलनाथजीलाई ४१ वर्षकै उमेरमा अवकाश दिइयो। माधव नेपाललाई ७० नपुग्दै पदबाट हटाइयो। मनमोहन अधिकारी ७८ वर्षसम्म पनि पार्टीमा सक्रिय रहनुभयो,” उनले स्मरण गरे, “सिपी मैनालीलाई त ३१ वर्षकै उमेरमा नेतृत्वबाट हटाइएको हो।”

    प्रधानमन्त्री ओलीको भनाइले एमालेभित्रको नेतृत्व चयनमा उमेरभन्दा बढी कार्यक्षमता, अनुभव र आवश्यकतालाई प्राथमिकता दिनुपर्ने संकेत गरिएको देखिन्छ।

    उनले स्पष्ट रूपमा भने, “म आफैंलाई पुनः नेतृत्वमा ल्याउन भन्दै उमेरहदको कुरा उठाएको होइन। तर, कुनै पनि विषयलाई जडतामा बाँधेर हेर्नु उपयुक्त हुँदैन। परिस्थिति र आवश्यकता हेरेर निर्णय गर्न सक्नुपर्छ।”

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...

    आज २०८२ साल असार ४ गतेको राशिफल

    आज असार ४, २०८२ (जुन १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको...

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...