News Portal

संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार बसेको प्रमुख सचेतकहरूको बैठकबाट सत्तारूढ पक्षले कडा सन्देश दिएको छ— अब संसद अघि बढ्नेछ, चाहे विपक्षीको सहयोग होस् वा नहोस्।

सभामुख देवराज घिमिरेको आह्वानमा बोलाइएको प्रमुख सचेतकहरूको छलफलपश्चात पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए।

“यदि विपक्षी दलले सहयोग गरे, संसद सहज ढंगले चल्नेछ। तर, असहयोग भए पनि प्रक्रिया अघि बढ्छ,” घिमिरेको भनाइ थियो। संसद लामो समयदेखि रोकिँदा देशको नीति निर्माण प्रक्रिया ठप्प भएको सन्दर्भमा उनको यो भनाइलाई निर्णायक कदमका रूपमा हेरिएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि अघिल्ला दिनमा जस्तै सूचना टाँसेर बैठक स्थगित गर्ने चलन अब नदोहोरिने बताए। “पहिला प्रमुख प्रतिपक्षको आग्रहमा बैठक स्थगनको सूचना झुण्ड्याइन्थ्यो। आजबाट त्यो शैलीको अन्त्य हुन्छ,” उनले भने।

उनका अनुसार आजैदेखि बजेटमाथिको बहस सुरु गरिनेछ, जसलाई अब रोकिन नदिने सत्तापक्षको स्पष्ट संकेतको रूपमा बुझ्न सकिन्छ।

यता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलमा भने कुनै साझा सहमति बन्न सकेन। सबै दलहरू आफ्ना अडानमा अडिग देखिएपछि सहकार्यको वातावरण अझै नबनेको देखिन्छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको भए पनि तोकिएको समयमा बैठक सुरु हुन सकेको छैन।

संसद अवरोधको मूल जड गृहमन्त्री रमेश लखेनीमाथिको विवाद हो। भिजिट भिसा प्रकरणमा उनीमाथि छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दलले लगातार संसद अवरुद्ध गर्दै आएको छ।

यही अबरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत पटक–पटक प्रभावित हुँदै आएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...