News Portal

नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार अर्थात् जेठ २६ गतेदेखि पाँच दिनका लागि यो सडक बन्द गरिने भएको छ।

नागढुंगा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जारी गरेको सूचनाअनुसार, जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ। यस अवधिमा सवारी आवागमन अवरुद्ध हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

साना तथा मझौला सवारी साधनका लागि सीतापाइला–रामकोट–धार्के मार्ग र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी मार्गलाई वैकल्पिक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।

योजना कार्यालयका अनुसार मर्मत कार्यलाई शीघ्र सम्पन्न गर्न र सडक सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी रूपमा सडक बन्द गर्नुपरेको हो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...