News Portal

नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

हिमालीसंचार संवाददाता
१९२ पटक

काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार अर्थात् जेठ २६ गतेदेखि पाँच दिनका लागि यो सडक बन्द गरिने भएको छ।

नागढुंगा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जारी गरेको सूचनाअनुसार, जेठ २६ गतेदेखि ३० गतेसम्म प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्णरूपमा बन्द रहनेछ। यस अवधिमा सवारी आवागमन अवरुद्ध हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

साना तथा मझौला सवारी साधनका लागि सीतापाइला–रामकोट–धार्के मार्ग र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी मार्गलाई वैकल्पिक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।

योजना कार्यालयका अनुसार मर्मत कार्यलाई शीघ्र सम्पन्न गर्न र सडक सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी रूपमा सडक बन्द गर्नुपरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...