News Portal

सडकमै मकै कुहिन थालेपछि कृषक चिन्तित

रबिन्द्र बराल
२१५ पटक

मोरङ, जेठ ५ – मोरङको पूर्वी भेगमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण मकै खेती गर्ने कृषकहरू चिन्तित भएका छन्। रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत क्षेत्रका कृषकहरूको मुख्य नगदे बालीको रूपमा रहेको मकै खेती अहिले संकटमा परेको छ।

केही वर्षयता गहुँको तुलनामा मकै खेतीमा मेहनत अनुसार राम्रो आम्दानी हुने देखिएपछि कृषकहरू मकै खेतीतर्फ आकर्षित भएका थिए। यस भेगका ९५ प्रतिशत कृषकहरूले मकैलाई नगदे बालीको रूपमा रोजेका थिए। तर, खेतीका लागि समयमा रासायनिक मल उपलब्ध नभएपछि कृषकहरूले भारत तथा नेपालका विभिन्न स्थानबाट महँगो मूल्यमा मकैको बीउ र मल खरिद गरेर खेती सुरु गरेका थिए।

कृषकहरूले मेहनत र परिश्रम गरेर राम्रो खेती गरे तापनि मकै भित्र्याउने समयमा मौसमले साथ नदिँदा उनीहरू ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छन्। केही साताअघि मौसम राम्रो देखिएपछि जनमजदुरी राखेर मकै टिपेर घर आँगनमा ल्याइ माडेर सुकाउने क्रम चलिरहेको थियो। तर, अहिले निरन्तरको वर्षाका कारण सुकाउन सडकमा राखिएको मकै रातभरि भीज्ने र बिहानसम्म उठाउन नसक्ने अवस्था आएको कृषकहरूले बताएका छन्।

सडकमा सुकाउन राखिएको मकै पानीले भीजेर गन्हाउन थालेको र खेतमा रहेको ८० प्रतिशत मकैसमेत बिग्रने अवस्थामा पुगेको स्थानीय कृषक दुलार्चन सहनीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...