News Portal

सडकमै मकै कुहिन थालेपछि कृषक चिन्तित

रबिन्द्र बराल
३९२ पटक

मोरङ, जेठ ५ – मोरङको पूर्वी भेगमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण मकै खेती गर्ने कृषकहरू चिन्तित भएका छन्। रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत क्षेत्रका कृषकहरूको मुख्य नगदे बालीको रूपमा रहेको मकै खेती अहिले संकटमा परेको छ।

केही वर्षयता गहुँको तुलनामा मकै खेतीमा मेहनत अनुसार राम्रो आम्दानी हुने देखिएपछि कृषकहरू मकै खेतीतर्फ आकर्षित भएका थिए। यस भेगका ९५ प्रतिशत कृषकहरूले मकैलाई नगदे बालीको रूपमा रोजेका थिए। तर, खेतीका लागि समयमा रासायनिक मल उपलब्ध नभएपछि कृषकहरूले भारत तथा नेपालका विभिन्न स्थानबाट महँगो मूल्यमा मकैको बीउ र मल खरिद गरेर खेती सुरु गरेका थिए।

कृषकहरूले मेहनत र परिश्रम गरेर राम्रो खेती गरे तापनि मकै भित्र्याउने समयमा मौसमले साथ नदिँदा उनीहरू ठूलो नोक्सानी बेहोर्न बाध्य भएका छन्। केही साताअघि मौसम राम्रो देखिएपछि जनमजदुरी राखेर मकै टिपेर घर आँगनमा ल्याइ माडेर सुकाउने क्रम चलिरहेको थियो। तर, अहिले निरन्तरको वर्षाका कारण सुकाउन सडकमा राखिएको मकै रातभरि भीज्ने र बिहानसम्म उठाउन नसक्ने अवस्था आएको कृषकहरूले बताएका छन्।

सडकमा सुकाउन राखिएको मकै पानीले भीजेर गन्हाउन थालेको र खेतमा रहेको ८० प्रतिशत मकैसमेत बिग्रने अवस्थामा पुगेको स्थानीय कृषक दुलार्चन सहनीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...