News Portal

पोखरामा यौन व्यवसाय संचालनको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ, ५ महिला उद्धार

संगीता गुरुङ
२४७ पटक

पोखरा, वैशाख ३१ – पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा सञ्चालित एक रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीले मंगलबार बेलुकी सो रेष्टुरेन्टमा निगरानीपछि छापा मारेको थियो। अनुसन्धानको प्रारम्भिक चरणमा यौन व्यवसायमा संलग्न रहेको आशंकामा रेष्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा–५ मालेपाटन निवासी ५१ वर्षीय तेज नारायण तिमल्सिना र तनहुँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले सो रेष्टुरेन्टबाट ५ जना महिलालाई समेत उद्धार गरेको जनाएको छ। ‘महिलाहरूलाई सुरक्षित रूपमा उद्धार गरी अहिले सेफ हाउसमा राखिएको छ,’ कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिकुमार बस्नेतले हिमाली सञ्चारलाई जानकारी दिए।

उद्धार गरिएका महिलाहरूको मानसिक, सामाजिक र कानुनी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ। यता, पक्राउ परेका तीनै जनामाथि मानव बेचबिखन तथा यौन शोषणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको र हाल उनीहरूलाई ६ दिनको म्याद थप गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...