News Portal

बेलायतको थेम्स नदी किनारमा भेटिएको शव नेपालका युवक विद्यार्थी भएको पुष्टि

हिमालीसंचार संवाददाता
२५१ पटक

बेलायत, वैशाख २० – लण्डनस्थित थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक युवा विद्यार्थी सुशान ओलीकै भएको पुष्टि भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ घर भएका २० वर्षीय ओलीको शव गत मङ्गलबार वाटरलु नजिकको नदी किनारमा फेला परेको थियो।

लन्डन मेट्रोपोलिटन प्रहरीले शवको औँठाछाप परीक्षण गरी पहिचान गरेको हो। नेपाली दूतावासले राहदानी विभागमार्फत मागिएको औँठाछाप लन्डन प्रहरीलाई उपलब्ध गराएको थियो। उक्त छाप शवसँग पूर्ण रूपमा मिलेको पुष्टि भएको उपनियोग प्रमुख तथा प्रवक्ता विपिन दुवाडीले जानकारी दिए।

शव पहिचान भएसँगै दूतावासले ओलीको परिवारसँग सम्पर्क गरी आवश्यक समन्वय थालेको छ। प्रारम्भिक अनुसन्धानमा लन्डन प्रहरीले आत्महत्याको आशंका गरिरहेको जनाएको छ। यद्यपि, घटनाबारे विस्तृत छानबिन जारी रहेको र थप विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।

ओली अप्रिल २१ देखि सम्पर्कविहीन थिए। उनी अध्ययनरत शिक्षालयका सहपाठीहरूले नै प्रहरी र दूतावासलाई जानकारी गराएका थिए। अहिले शव परीक्षणको प्रक्रिया अगाडि बढाइएको छ भने परिवारको निर्णयअनुसार शव नेपाल ल्याइने वा बेलायतमै अन्त्येष्टि गरिनेबारे छलफल भइरहेको छ।

हिमाली सञ्चार टिम शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...