News Portal

बेलायतको थेम्स नदी किनारमा भेटिएको शव नेपालका युवक विद्यार्थी भएको पुष्टि

हिमालीसंचार संवाददाता
१९३ पटक

बेलायत, वैशाख २० – लण्डनस्थित थेम्स नदी किनारमा फेला परेको शव नेपालका एक युवा विद्यार्थी सुशान ओलीकै भएको पुष्टि भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ घर भएका २० वर्षीय ओलीको शव गत मङ्गलबार वाटरलु नजिकको नदी किनारमा फेला परेको थियो।

लन्डन मेट्रोपोलिटन प्रहरीले शवको औँठाछाप परीक्षण गरी पहिचान गरेको हो। नेपाली दूतावासले राहदानी विभागमार्फत मागिएको औँठाछाप लन्डन प्रहरीलाई उपलब्ध गराएको थियो। उक्त छाप शवसँग पूर्ण रूपमा मिलेको पुष्टि भएको उपनियोग प्रमुख तथा प्रवक्ता विपिन दुवाडीले जानकारी दिए।

शव पहिचान भएसँगै दूतावासले ओलीको परिवारसँग सम्पर्क गरी आवश्यक समन्वय थालेको छ। प्रारम्भिक अनुसन्धानमा लन्डन प्रहरीले आत्महत्याको आशंका गरिरहेको जनाएको छ। यद्यपि, घटनाबारे विस्तृत छानबिन जारी रहेको र थप विवरण अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।

ओली अप्रिल २१ देखि सम्पर्कविहीन थिए। उनी अध्ययनरत शिक्षालयका सहपाठीहरूले नै प्रहरी र दूतावासलाई जानकारी गराएका थिए। अहिले शव परीक्षणको प्रक्रिया अगाडि बढाइएको छ भने परिवारको निर्णयअनुसार शव नेपाल ल्याइने वा बेलायतमै अन्त्येष्टि गरिनेबारे छलफल भइरहेको छ।

हिमाली सञ्चार टिम शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...