News Portal

शाहीको स्टाटसले बालेनप्रति संकेत? सामाजिक सञ्जालमा फेरि सुरु भयो बहस

संगीता गुरुङ
३४१ पटक

काठमाडौं, चैत्र २२ – राजनीतिक अभिव्यक्तिमा सदैव प्रखर देखिँदै आएका ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत लेखेको पछिल्लो स्टाटसले चर्चाको नयाँ लहर ल्याएको छ। उनले प्रत्यक्षरूपमा कसैको नाम नलिए पनि उक्त अभिव्यक्तिमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ लक्षित गरिएको प्रष्ट देखिन्छ।

शाहीले लेखेका छन्, “टुकुचाँमा गाढि हालौं छोड्नु हुँदैन। जबरजस्ती गरे भन्दैमा पछि हटनु हुँदैन। मर्दको बोली, बन्दुकको गोली कहिल्यै फिर्ता हुनु हुदैन।” यो स्टाटसलाई केही समयअघि बालेनले सामाजिक सञ्जालमा राखेको विवादास्पद अभिव्यक्तिसँग जोडेर हेरिएको छ, जहाँ उनले भनेका थिए, “अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु!”

शाहीले बालेनको उक्त भनाइको परोक्ष समर्थन गर्दै “बोलीमा अडिग रहनु पर्छ” भन्ने सन्देश दिएका छन्। सरकारप्रति प्रायः आलोचक रहँदै आएका शाहीले पछिल्लो समय देखिएको सरकारी हस्तक्षेपप्रति आक्रोश व्यक्त गर्दै बालेनप्रति सहानुभूति जनाएका देखिन्छन्।

हाल शाहीको स्टाटस सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिँदै छ। यसले न केवल बालेनको अभिव्यक्तिलाई फेरि एकपटक चर्चामा ल्याएको छ, तर समग्रमा नेपाली राजनीति र अभिव्यक्ति स्वतन्त्रताको विषयमा पनि नयाँ बहस सुरु गराएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...