News Portal

  • कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ।

    संगीता गुरुङ
    १२२ पटक

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

    यसअघि, चैत्र १५ गते सर्वोच्च अदालतले घिसिङलाई बर्खास्त गर्नुको कारण सरकारसँग माग गर्दै चैत्र १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। तर, सो दिन उक्त मुद्दा सुनुवाइयोग्य सूचीमा समावेश नभएकाले प्रक्रिया अघि बढ्न सकेन।

    न्यायाधीश अब्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई हटाउनुको कारण सरकारसँग माग गरेको थियो। सरकारले गत सोमबार मन्त्रिपरिषद बैठकमार्फत घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका थिए।

    घिसिङले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको मागसहित रिट दायर गरेका छन्।

    यसैबीच, शाक्यले पनि आफूलाई चार वर्षअघि हटाएर घिसिङलाई नियुक्त गरिएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफ्नो पद पुनःस्थापना हुनुपर्ने माग गरेका थिए।

    हाल शाक्यको सो मुद्दाको टुंगो नलाग्दै घिसिङ अदालतमा पुगेपछि उनले अदालतसँग आफ्नो मुद्दा नसकिएसम्म घिसिङको रिटमा सुनुवाइ नगर्न आग्रह गरेका छन्। अब यो प्रकरणमा सर्वोच्च अदालतको आगामी निर्णय प्रतीक्षारत छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत सुरक्षासंस्थाले मेथानोल आपराधिक नेटवर्क विघटन अवैध कारखाना नियन्त्रण

    कुवेत -कुवेतका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री महामहिम शेख फहद युसुफ साउद अल–सबहको संरक्षणमा र आन्तरिक...

    आज २०८२ साल भदौ १ गतेको राशिफल

    आज भदौ १, २०८२ (अगस्त १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...