News Portal

रंगेली अस्पतालमा हाईड्रोसिल र हर्नियाको निःशुल्क उपचार हुँदै

मोरङको रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ।

रबिन्द्र बराल
३०६ पटक

मोरङ, चैत्र १४ – रंगेली अस्पतालमा चैत्र ३ गतेदेखि हाईड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिँदै आएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा रंगेली अस्पतालको सहकार्यमा उक्त निःशुल्क उपचार सेवा सुरु गरिएको हो। हालसम्म ८० जना युवा तथा वृद्धहरूको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।

रंगेली अस्पतालमा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपाल गाउँपालिका, झापाको गौरिगञ्ज नगरपालिका लगायतका विभिन्न स्थानका बिरामीहरूले उपचार सेवा लिइरहेका छन्। २० वर्षदेखि ६७ वर्ष उमेर समूहका बिरामीहरूको शल्यक्रिया गरिएको छ।

डाक्टरहरूका अनुसार तराई क्षेत्रमा मजदुरी गर्ने, भारी सामान बोक्ने मानिसहरूमा हाईड्रोसिल र हर्नियाको समस्या बढी देखिने गर्छ। डाक्टर हरेराम माझीका अनुसार, हाईड्रोसिल भनेको पुरुषहरूको अण्डकोषमा पानी जमेर सुन्निनु हो।

हाईड्रोसिलको कारण र रोकथामबारे उनले जानकारी दिँदै भने “पुरुषहरूले अण्डकोषको नियमित सरसफाइ गर्नुपर्छ। यदि सरसफाइ नगरेमा संक्रमण भएर हाईड्रोसिल हुन सक्छ।”

रंगेली-५ का शिव मण्डलले निःशुल्क उपचार पाएर आफूहरू खुशी भएको बताए।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनिल देवका अनुसार बिरामीहरूको चाप बढिरहेकाले शिविरको समय अझै थप्न सकिने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...