News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूद्वारा विशेष तयारी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्।

संगीता गुरुङ
२८७ पटक

फाल्गुन २५, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदै छन्। उनलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (PDF), राष्ट्र शक्ति नेपाल लगायतका संगठनहरूले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरेका छन्।

एक सातासम्म पोखरामा बसेका पूर्वराजा शाह दिउँसो हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई स्वागत गर्न समर्थकहरू झण्डा, ब्यानर, फूलमाला तथा प्लेकार्डसहित सडकका दुवै किनारामा उपस्थित हुनेछन्। विमानस्थलबाट उनी महाराजगञ्जस्थित निर्मल निवास जाने कार्यक्रम रहेको छ, जहाँसम्म समर्थकहरूले जुलुससहित साथ दिनेछन्।

पूर्वराजाको स्वागतलाई प्रभावशाली बनाउन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आ–आफ्ना कार्यकर्तालाई परिचालन गरिरहेका छन्। उपत्यका आसपासका जिल्ला— काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, बूढानीलकण्ठ, धादिङ, नुवाकोट लगायतबाट समर्थकहरूलाई झिकाइएको छ। यी समूहहरू विभिन्न स्थानबाट र्‍याली निकालेर त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गर्नेछन्।

यस्तै, जावलाखेल, च्यासल, चापागाउँ, इमाडोल लगायतका क्षेत्रहरूबाट पनि छुट्टाछुट्टै जुलुस निकाल्ने तयारी भएको छ। सबै समूह विमानस्थलको गेटमा जम्मा भई, नाराबाजी गर्दै निर्मल निवाससम्म पुग्ने योजना रहेको छ।

यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भिड नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...