News Portal

  • पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूद्वारा विशेष तयारी

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्।

    संगीता गुरुङ
    १२६ पटक

    फाल्गुन २५, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किदै छन्। उनलाई भव्य स्वागत गर्न राजावादी दल तथा समूहहरूले विशेष तयारी गरेका छन्। राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (PDF), राष्ट्र शक्ति नेपाल लगायतका संगठनहरूले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरेका छन्।

    एक सातासम्म पोखरामा बसेका पूर्वराजा शाह दिउँसो हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनलाई स्वागत गर्न समर्थकहरू झण्डा, ब्यानर, फूलमाला तथा प्लेकार्डसहित सडकका दुवै किनारामा उपस्थित हुनेछन्। विमानस्थलबाट उनी महाराजगञ्जस्थित निर्मल निवास जाने कार्यक्रम रहेको छ, जहाँसम्म समर्थकहरूले जुलुससहित साथ दिनेछन्।

    पूर्वराजाको स्वागतलाई प्रभावशाली बनाउन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आ–आफ्ना कार्यकर्तालाई परिचालन गरिरहेका छन्। उपत्यका आसपासका जिल्ला— काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन, गोकर्णेश्वर, बूढानीलकण्ठ, धादिङ, नुवाकोट लगायतबाट समर्थकहरूलाई झिकाइएको छ। यी समूहहरू विभिन्न स्थानबाट र्‍याली निकालेर त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गर्नेछन्।

    यस्तै, जावलाखेल, च्यासल, चापागाउँ, इमाडोल लगायतका क्षेत्रहरूबाट पनि छुट्टाछुट्टै जुलुस निकाल्ने तयारी भएको छ। सबै समूह विमानस्थलको गेटमा जम्मा भई, नाराबाजी गर्दै निर्मल निवाससम्म पुग्ने योजना रहेको छ।

    यसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भिड नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    कानेपोखरी २ का गरिब परिवारहरू अझै अध्यारो रातमा रात बिताउँदै

    रविन्द्र बराल/ मोरङ, असार १२ – मोरङको कानेपोखरी २, दलेलीस्थित सुकुम्बासी बस्तीका केही घरपरिवारहरू अहिले...

    २१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

    पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले...

    रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै...

    नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

    चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसँगै रास्वपाले सुरु गर्‍यो चन्दा संकलन, रकमको प्रयोगबारे प्रश्न उठ्न थाले

    काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका...