News Portal

गणतन्त्र हो कि लुटतन्त्र ?

कर्ण बहादुर अधिकारी
४७३ पटक

फाल्गुन २२, काठमाडौं। गणतन्त्र सिनो गन्हाएझैं गन्हाएको हो त? गणतन्त्र हो कि गाणतन्त्र बुझ्नै गाह्रो भयो, महोदय ! के-के न होला भनेर ल्याएको गणतन्त्र आज देश र जनतालाई नै पासो साबित भइ रहँदा, गणतन्त्रको विकल्प भनेकै राजतन्त्र हो कि जस्तो आभास भएको छ।

तर, आम नागरिकहरूका लागि विवशता छ—राजतन्त्र यति सजिलै फर्कन सक्ला त? देशलाई समृद्ध र सुसंस्कृत बनाउने कसम खाएका गणतन्त्रका हिमायतीहरूबाट अब आशाको त्यान्द्रो पनि समाप्त भइसकेको छ। विदेशी दलालहरूको इसारामा नाचेर देशलाई कंगाल बनाइसकेकाहरूबाट हामी के नै आशा गर्न सक्छौँ र?

२३७ वर्षसम्म शासन सम्हालेको राजपरिवारले पनि यी मनुवाहरूबाट केही त होला कि भनेर २०६४ सालमा राजगद्दी त्यागी सामान्य नागरिक बने। तर, आज १७ वर्षमै यो गणतन्त्र सिनोजस्तै डुङडुङ्ती गन्हाइरहेको छ। त्यसैले केही लेख्न बाध्य भएँ।

एक सार्वभौम सम्पन्न राष्ट्रमाथि विदेशी दलालहरूको कुदृष्टिको अन्त्यका लागि गणतन्त्रको सट्टा राजतन्त्र आवश्यक भइसकेको छ। त्यसैले अब नेपाली जनता कुनै पार्टीको झण्डामुनि होइन, राष्ट्रको झण्डामुनि एकताबद्ध हुन जरुरी छ। चारैतिरबाट “राजा आऊ, देश बचाऊ” भन्ने दिन सुरु भइसकेको छ। अब यो सिनोजस्तो गन्हाएको गणतन्त्रको अन्त्य जरुरी देख्छु। यहाँ कांग्रेसी वा कम्युनिस्ट भन्ने होइन, अब हामी सबै पहिले नेपाली हौँ भन्ने भावना सिर्जना हुनुपर्छ।

देश रहेन भने हामी पनि रहँदैनौँ, त्यसैले यी दुई कौडीका भातमाराहरूलाई लखेट्न आवश्यक छ। तपाईंहरूले सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा अमेरिकी राष्ट्रपति र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको भेटवार्ता देख्नुभएकै होला। यदि गणतन्त्र यसरी नै रहिरह्यो भने, हाम्रो देशको अवस्था पनि उस्तै हुने छ।

युरोपियन युनियन र अमेरिकाले नेपालको धर्म, संस्कृति, र आपसी सद्भाव भाँड्न कति पैसा खर्चिएका रहेछन् भन्ने कुरा प्रस्टै देखियो। त्यसैले यस्ता दलालहरूलाई हामीले कहिल्यै विश्वास गर्न हुँदैन। गणतन्त्र आएपछि देशको अर्थतन्त्र कसरी खस्कियो, जनता कसरी दुःख पाए, भन्ने कुरा हामी सबै सामु ज्वलन्त रूपमा छ। भ्रष्टाचारीहरूले दिनदहाडै भ्रष्टाचार गरे, प्रदेशको नाममा लुटतन्त्र मच्चाए। एउटा नेपालीको थाप्लोमा १७ वर्षको अन्तरालमा १ लाखभन्दा बढी ऋण थपिएको छ।

२/४ जना लुकिछिपी बसेका लौकेहरूले हटाएको राजा र राजतन्त्रको पुनः उदय निश्चित भइसकेको छ। त्यसैले अब हातमा हात, साथमा साथ दिएर राजतन्त्रको पक्षमा जुट्नु आवश्यक छ।

म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। “तर किन राजतन्त्रको पक्षमा वकालत गर्यो होला ?” भन्ने लाग्न सक्छ। तर, कुरा त्यस्तो होइन। कांग्रेस राजासहितको प्रजातन्त्रमा विश्वास राख्ने पार्टी हो। कांग्रेसभित्र गिरीजाबाबु जस्ता एक-दुई जना धमिराहरूले राजतन्त्र हटाए भन्दैमा हाम्रो मन-मस्तिष्कबाट राजा हट्ने हो र ? राजा कहिल्यै पूर्वराजा हुँदैन, राजा राजा नै हो। हिन्दू सम्राटलाई साथ दिन आवश्यक छ।

जय नेपाल! जय देश! जय नरेश!

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...