News Portal

शिक्षा संकायकाे संकट

सुजन कडेल
६४८ पटक

काठमाडौं – हिजोआज माध्यमिक तह पढाई हुने सम्पूर्ण बिद्यालयहरु एसईई परीक्षाको तयारीमा जुटेका छन्। बिद्यार्थी जीवनमा एसईईकाे नतिजाको छुट्टै महत्व भएकाे कारण पूर्वतयारी बेजोड रुपमा चलेकाे छ। विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक समेत सचेत बनेकाे यस अवस्थामा विद्यार्थीकाे पठनपाठन र तयारीकाे चिन्ता हुनु स्वभाविक हाे।

एकतर्फ माध्यमिक तहका विद्यार्थीहरु केही हदसम्म आफ्नाे विद्यालयबाट बिदा भई अर्काे विद्यालयमा जान पर्न अवस्था आएकाे छ,भने अर्कोतर्फ उच्च माध्यमिक तह पढाई हुने कलेजहरु ती विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न याेजनाहरु ल्याई नयाँ विद्यार्थी भित्राउने क्रममा रहेका छन्।

हाल सञ्चालनमा रहेका कलेजहरुले आआफ्नो कलेजलाई उत्कृष्ट सिद्ध गर्न र विद्यार्थी लाई आकर्षित गर्न विभिन्न संकायहरु जस्तै विज्ञान, व्यवस्थापन र कानुनमा अब्बल ढंगबाट पठनपाठन हुने कुरा बताउँछन्।

विद्यार्थीले आफ्नाे साेच, बिचार, याेजना र क्षमता अनुसार आफूले राेजेकाे संकाय पढ्न पाउने कुरामा दुईमत छैन्। सम्पूर्ण विद्यार्थीमा एकै किसिमकाे क्षमता र रुचि हुन्छ भन्ने छैन। कतिपय अवस्थामा राेजाईकाे आधारमा संकाय छनाैट गर्न र गराउन पर्दछ भने कतिपय अवस्थामा अभिभावक र कलेजकाे सरसल्लाहकाे आधारमा संकाय राेज्न लगाउनु पर्दछ।

विज्ञान, व्यवस्थापन तथा कानुन संकायले बेग्लै महत्त्व बाेकेकाे अवस्थामा साे संकाय अध्ययन गरि आफ्नाे भविष्य निर्माण गर्न विद्यार्थी उत्प्रेरित हुनु स्वभाविक हाे र ती संकाय बाहेकमा रहेको शिक्षा संकाय अचेल ओझेलमा परेकाे र कलेजहरुले पनि शिक्षा संकायकाे उन्नयनमा रुचि नदेखाएकाे पाईन्छ।

शिक्षक बनेर स्वदेशमा रहि देशमा शैक्षिक माहाेल निर्माण गरी आफूले जाने बुझेकाे र सिकेकाे सीप फैलाउन सकिने पेशालाई अहिले अवमूल्यन गर्न थालिएकाे छ।

कुनै पनि स्कुल तथा कलेजले विद्यार्थीलाई भविष्यकाे बाटाे देखाउने क्रममा र आफ्नाे शैक्षिक वातावरणकाे जानकारी गराउँदा शिक्षक बन्नुपर्छ भनेर सिकाएकाे देखिदैन । याे देशकै विडम्बनाकाे कुरा हाे।

शिक्षा र शिक्षककाे महत्त्व बुझाउन सके ठुलाे संख्यामा चलिरहेको विदेशिने परम्पराकाे केही हदसम्म कम गर्न सकिन्थ्यो कि भन्ने लाग्छ। तथापि शिक्षा क्षेत्रका पनि आफ्नै समस्या र कमजोरी भने रहेका छन्।

देशकाे महत्त्वपूर्ण खम्बाकाे रुपमा शिक्षा क्षेत्र रहेकाे छ। यसकाे उन्नयनमा सम्पूर्ण सराेकारवाला पक्ष बेलैमा सचेत रहन पर्ने छ। शिक्षा र शिक्षकलाई आवश्यक सम्मान र प्रेरणा दिएकाे अवस्थामा मात्र शिक्षा क्षेत्र जीवित रहेनछ । यदि शैक्षिक माहोल निर्माणमा अहिलेकाे जस्तै कसैकाे ध्यान नगएको खण्डमा देशले केही समय पश्चात् याेग्य शिक्षक नपाउने अवस्था आउन सक्छ। बेलैमा सचेत बनाैँ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...