News Portal

  • शिक्षा संकायकाे संकट

    सुजन कडेल
    ३६९ पटक

    काठमाडौं – हिजोआज माध्यमिक तह पढाई हुने सम्पूर्ण बिद्यालयहरु एसईई परीक्षाको तयारीमा जुटेका छन्। बिद्यार्थी जीवनमा एसईईकाे नतिजाको छुट्टै महत्व भएकाे कारण पूर्वतयारी बेजोड रुपमा चलेकाे छ। विद्यालय प्रशासन, विद्यार्थी र अभिभावक समेत सचेत बनेकाे यस अवस्थामा विद्यार्थीकाे पठनपाठन र तयारीकाे चिन्ता हुनु स्वभाविक हाे।

    एकतर्फ माध्यमिक तहका विद्यार्थीहरु केही हदसम्म आफ्नाे विद्यालयबाट बिदा भई अर्काे विद्यालयमा जान पर्न अवस्था आएकाे छ,भने अर्कोतर्फ उच्च माध्यमिक तह पढाई हुने कलेजहरु ती विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न याेजनाहरु ल्याई नयाँ विद्यार्थी भित्राउने क्रममा रहेका छन्।

    हाल सञ्चालनमा रहेका कलेजहरुले आआफ्नो कलेजलाई उत्कृष्ट सिद्ध गर्न र विद्यार्थी लाई आकर्षित गर्न विभिन्न संकायहरु जस्तै विज्ञान, व्यवस्थापन र कानुनमा अब्बल ढंगबाट पठनपाठन हुने कुरा बताउँछन्।

    विद्यार्थीले आफ्नाे साेच, बिचार, याेजना र क्षमता अनुसार आफूले राेजेकाे संकाय पढ्न पाउने कुरामा दुईमत छैन्। सम्पूर्ण विद्यार्थीमा एकै किसिमकाे क्षमता र रुचि हुन्छ भन्ने छैन। कतिपय अवस्थामा राेजाईकाे आधारमा संकाय छनाैट गर्न र गराउन पर्दछ भने कतिपय अवस्थामा अभिभावक र कलेजकाे सरसल्लाहकाे आधारमा संकाय राेज्न लगाउनु पर्दछ।

    विज्ञान, व्यवस्थापन तथा कानुन संकायले बेग्लै महत्त्व बाेकेकाे अवस्थामा साे संकाय अध्ययन गरि आफ्नाे भविष्य निर्माण गर्न विद्यार्थी उत्प्रेरित हुनु स्वभाविक हाे र ती संकाय बाहेकमा रहेको शिक्षा संकाय अचेल ओझेलमा परेकाे र कलेजहरुले पनि शिक्षा संकायकाे उन्नयनमा रुचि नदेखाएकाे पाईन्छ।

    शिक्षक बनेर स्वदेशमा रहि देशमा शैक्षिक माहाेल निर्माण गरी आफूले जाने बुझेकाे र सिकेकाे सीप फैलाउन सकिने पेशालाई अहिले अवमूल्यन गर्न थालिएकाे छ।

    कुनै पनि स्कुल तथा कलेजले विद्यार्थीलाई भविष्यकाे बाटाे देखाउने क्रममा र आफ्नाे शैक्षिक वातावरणकाे जानकारी गराउँदा शिक्षक बन्नुपर्छ भनेर सिकाएकाे देखिदैन । याे देशकै विडम्बनाकाे कुरा हाे।

    शिक्षा र शिक्षककाे महत्त्व बुझाउन सके ठुलाे संख्यामा चलिरहेको विदेशिने परम्पराकाे केही हदसम्म कम गर्न सकिन्थ्यो कि भन्ने लाग्छ। तथापि शिक्षा क्षेत्रका पनि आफ्नै समस्या र कमजोरी भने रहेका छन्।

    देशकाे महत्त्वपूर्ण खम्बाकाे रुपमा शिक्षा क्षेत्र रहेकाे छ। यसकाे उन्नयनमा सम्पूर्ण सराेकारवाला पक्ष बेलैमा सचेत रहन पर्ने छ। शिक्षा र शिक्षकलाई आवश्यक सम्मान र प्रेरणा दिएकाे अवस्थामा मात्र शिक्षा क्षेत्र जीवित रहेनछ । यदि शैक्षिक माहोल निर्माणमा अहिलेकाे जस्तै कसैकाे ध्यान नगएको खण्डमा देशले केही समय पश्चात् याेग्य शिक्षक नपाउने अवस्था आउन सक्छ। बेलैमा सचेत बनाैँ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...