News Portal

गणतन्त्रको अवशान

कमला थापा
६१५ पटक
२०८१ फाल्गुन २० गते

कुनैपनि ब्यबस्था देश, काल परिस्थिति अनुसार चल्न सकेन भने त्यो ब्यबस्थाको अबसान अबस्य भावी हुन्छ। आज गणतन्त्र आएको १८ बर्ष त्यो ब्यबस्थाले बनाएको संविधान ९ बर्ष पनि टिक्न नसक्ने हालतमा पुग्यो। ब्यबस्थाले जनताको अबस्था बदल्न सकेन। पार्टिका नेताहरु संसारमा बदनाम हुन पुगे। नागरिकहरुलाई शीर निहुराउनुपर्ने अबस्थामा पुर्याए। अझै पनि ति पार्टिमा कार्यकर्ताहरुलाई होस आएको देखिदैन। यूक्रेनका राष्ट्रपति जेलेन्स्कि समाप्त भयो तर सबै पार्टि भित्र फैलिएका जेलेन्स्किहरुलाई कार्यकर्ताहरु गलाभरि फुलमालाले स्वागत गर्दै छन्। उनिहरु यो सोध्न सक्दैनन् यस्तो स्वागत खाने काम चाहिँ तिमिहरुले के गर्यौ ? अब पार्टिका दास हैन देशको सुयोग्य नागरिक भएर बांच्न तयार हुनु ढिलो गर्नु हुँदैन।

“पार्टिको अधिवेशन बिधान सम्मत समयमै हुनैपर्छ, बिशाल कार्यकर्ताहरुको माग छ। उक्त मागलाई बेवास्ता गर्दै आफुसंग बिमति राख्ने नेता, कार्यकर्तालाई भित्तैसम्म पुर्याउने निति देउवाको छ। यदि समयमा महाधिवेशन नहुने हो भने देउवा कांग्रेस समाप्त नहोला भन्न सकिन्न।”

आन्तरिक लोकतन्त्र हराएको पार्टि नेपाली कांग्रेस एउटा प्राइभेट कम्पनीको रुपमा दर्ज भएको पनि आज १२ बर्ष भयो। केही दिन अगाडी एउटा समाचार आएको थियो। कांग्रेसको १५ औं महाधिवेशनमा डा. शशांक कोइरालालाई पार्टि सभापती बनाउनुपर्ने भएकोले १ अर्व रुपैंया आर्थिक संकलन गर्न पार्टि सभापतिको निर्देशन जलश्रोत तथा उर्जामन्त्रीलाई दिइएको र मन्त्री जिम्मेवारी लिन तयार भएको र उनले आफ्ना नजिकका ब्यक्तिहरुलाई निर्देशन दिएको कुरा समाचार माध्यममा आयको सुनियो। एउटा पार्टि अधिवेशनमा १ अर्व खर्च गरिन्छ भने आयश्रोत के हो उहि भ्रष्टाचार ! कसरी देश कंगाल बनाइएको रहेछ बुझन सायद गाह्रो नहोला।

“अहिलेको गठबन्धन सरकारले गत भाद्र महिनाको १२ गते आएको बाढि, पहिरोमा परेर सुकुम्वासी हुनुपरेको जनतालाई अहिले सम्म उनिहरुको गांसवासको ब्यबस्था नगरेर सुकुम्बासी बनाएको छ। यस्ता सयौं घटनाका पिडित जाजरकोटदेखि दर्जनौं जिल्ला छन्। त्यसैले जनताको नजरबाट राजनैतिक दलहरु गिरिसकेका छन्। त्यसैले यो ब्यबस्थाको अबसान अपरिहार्य छ।”

१४ धौं महाधिवेशनमा ४० प्रतिशत भोट ल्याएर दोश्रो स्थान प्राप्त गरेका बरिष्ठ नेता डा. शेखर कोइराको कार्यकर्तामा बढदै गएको क्रेजलाई दमन गर्न संस्थापन पक्ष न्वारदेखिको बल प्रयोग गर्दैछन्। पार्टिको अधिवेशन बिधान सम्मत समयमै हुनैपर्छ, बिशाल कार्यकर्ताहरुको माग छ। उक्त मागलाई बेवास्ता गर्दै आफुसंग बिमति राख्ने नेता, कार्यकर्तालाई भित्तैसम्म पुर्याउने निति देउवाको छ। यदि समयमा महाधिवेशन नहुने हो भने देउवा कांग्रेस समाप्त नहोला भन्न सकिन्न। जस्का कारण विपी कोइरालाको सिद्धान्त, मूल्य मान्यतालाई जोगाउनको लागि पनि बरिष्ठ नेता शेखर कोइरालालाई कार्यकर्ताको दबाब बढेको देखिन्छ। त्यसको लागि नेता शेखर कोइरालाले पनि पार्टी भित्रको आन्तरिक मुद्धाहरु मिलाउन जरुरी छ। जस्तो पार्टिले निर्वाचनमा लिएको रकमका बिषय होस्। पार्टि संस्थागत रूपमा चलेको भए कोइरालाका पालामा भएका लेनदेन म किन तिर्ने भन्ने गैरजिम्मेवारीपन देउवाले देखाउनु हुदैन थियो। यस्ता कुराहरु छिटै मिलाउन जरुरी छ। अन्यथा यस्ता कुराहरुले कांग्रेसलाई पुस्तौसम्म पछ्याईरहने र कलंकित बनाउने छ। त्यसैले यस्ता कुराहरुमा पनि ध्यान पुर्याउदै बरिष्ठ नेता शेखर कोइरालाले स्वच्छ छवि निर्मण गर्न जरुरी देखिन्छ। अहिलेको गठबन्धन सरकारले गत भाद्र महिनाको १२ गते आएको बाढि, पहिरोमा परेर सुकुम्वासी हुनुपरेको जनतालाई अहिलेसम्म उनिहरुको गांसवासको ब्यबस्था नगरेर सुकुम्बासी बनाएको छ। यस्ता सयौं घटनाका पिडित जाजरकोटदेखि दर्जनौं जिल्ला छन्। त्यसैले जनताको नजरबाट राजनैतिक दलहरु गिरिसकेका छन्। त्यसैले यो ब्यबस्थाको अबसान अपरिहार्य छ।

“जनताले सुम्पिएको जिम्मेवारी, शाहवंशीय इतिहासको दायित्व बहन गर्न राजा ज्ञानेन्द्र शाह तयार भएर जनताको घर, आगन र जनताको माझमा पुगेका हुन भन्ने कुरामा दुईमत रहेन। राजाको उक्त कदमलाई नेपाली जनता एकता बद्ध भएर साथ दिदै राजा र जनता एक भएर राष्ट्रिय अखण्डताको रक्षा गर्नु नेपाली सबैको दायित्व भएकोले अब देश भक्ति, जनशक्ति राजशक्ति र राष्ट्रिय शक्तिहरुको संगम जुटेको छ। देश सुरक्षित राख्न संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बिकल्प छैन।”

राजनैतिक दलहरुको लुटतन्त्र, भ्रष्टाचार अन्यायपूर्ण भागबण्डाले प्रताडित जनतामा बढदै गएको निरासा, आक्रोशले नेताहरुको मिति सिद्धिएको र ब्यबस्था परिवर्तनमा उत्रीएका जनताले राजसंस्था, राजालाई गुहार्न पुगे, देशै नरहन सक्ने स्थितिलाई मध्यनजरमा राख्दै राजा ज्ञानेन्द्र शाह जनताको अनुरोधलाई आत्मसाथ गरेर शान्तिपूर्ण अवतरणको मार्ग अपनाउदै आफुले जनतालाई सुम्पिएको नासो लिन तयार रहेका छन्। हिजो देशमा शान्ति बरकरार रहोस, देशको उन्नती हुन्छ भने आफु हटिदिन तयार भए, राजा ज्ञानेन्द्र शाह जसरी शान्तिपूर्ण बहिगमन भएका थिए। त्यसैगरी अबतरण हुदैछन्।

जनताले सुम्पिएको दायित्व, जनताको अपार अनुरोधलाई सम्मान गर्दै शान्ति पूर्ण अवतरणको मार्ग रोजेर आफुले जनतालाई सुम्पिएको नासो जनताको अनुरोधमा फिर्ता लिन तयार भएको देखिन्छ। जनताले सुम्पिएको जिम्मेवारी, शाहवंशीय इतिहासको दायित्व बहन गर्न राजा ज्ञानेन्द्र शाह तयार भएर जनताको घर, आगन र जनताको माझमा पुगेका हुन भन्ने कुरामा दुईमत रहेन। राजाको उक्त कदमलाई नेपाली जनता एकताबद्ध भएर साथ दिदै राजा र जनता एक भएर राष्ट्रिय अखण्डताको रक्षा गर्नु नेपाली सबैको दायित्व भएकोले अब देश भक्ति, जनशक्ति राजशक्ति र राष्ट्रिय शक्तिहरुको संगम जुटेको छ। देश सुरक्षित राख्न संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको बिकल्प छैन। श्री पशुपतिनाथले देश र जनताको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...