News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ब्राजिलियन डीजे एलोक एलओडी क्लबमा आफ्नो प्रस्तुति दिन काठमाडौँ आउँदै

    विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्।

    संगीता गुरुङ
    ८७ पटक

    काठमाडौं – विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्। उनले आगामी शुक्रबार, मार्च ७ मा क्लबमा प्रस्तुति दिने छन्।

    विश्वभरका उत्कृष्ट डीजेहरूमध्ये चौथो स्थानमा रहेका एलोककाे यो विशेष प्रस्तुति उत्साहजनक हुने अपेक्षा गरिएको छ। एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार, डान्स फ्लोरका लागि २,००० रुपैयाँ र भीआईपी टिकटका लागि ३,००० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। टिकटहरू खल्ती एपमार्फत प्राप्त गर्न सकिनेछन्।

    यस विशेष कार्यक्रमको लागि क्लबले विभिन्न प्याकेजमा टेबल बुकिङको व्यवस्था पनि गरेको छ, जसको मूल्य ३०,००० रुपैयाँदेखि १.५ लाख रुपैयाँसम्म तय गरिएको छ।

    एलओडी क्लबले पहिले पनि बलिउड गायिका नेहा कक्कर, अर्मान मलिक, तथा इन्डियन आइडलका पवनदीप राजनजस्ता चर्चित कलाकारहरूको प्रस्तुति आयोजना गरिसकेको छ। यसबाहेक, अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन र ज्योतिका टंगारीजस्ता नामी कलाकारहरू पनि क्लबमा प्रस्तुत भइसकेका छन्।

    एलओडी क्लब, जसलाई ‘लर्ड अफ द ड्रिंक्स’को नामले पनि चिनिन्छ, विश्वभरका उत्कृष्ट क्लबहरूमध्ये एक हो। युकेस्थित डिजे म्याग द्वारा प्रकाशित २०२४ को सूचीमा क्लब ५०औं स्थानमा रहेको थियो, र सन् २०२५ को लागि क्लबको नोमिनेसन पनि गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १४, २०८२ (अप्रिल २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख १३, २०८२ (अप्रिल २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जनकपुर विषकाण्ड: तीन सन्तानपछि आमाको पनि निधन, शिशुको अवस्था सुधारोन्मुख

    जनकपुरधाम, वैशाख १२ – धनुषाको शहिदनगर–५ बस्ने पविता कुमारी साहको जनकपुरधामस्थित राम जानकी अस्पतालमा उपचारका...

    कांग्रेस नेताका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको दाबी : लिङ्देन

    काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका...

    ट्राफिक प्रहरीको कुटपिटको अर्को भिडियो पनि सार्वजनिक, अनुसन्धानमा प्रहरी प्रशासन

    काठमाडौं, वैशाख १२ – राजधानी काठमाडौंमा ट्राफिक प्रहरीको आक्रोशपूर्ण व्यवहारसम्बन्धी अर्को भिडियो सार्वजनिक भएको छ।...