News Portal

ब्राजिलियन डीजे एलोक एलओडी क्लबमा आफ्नो प्रस्तुति दिन काठमाडौँ आउँदै

विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्।

संगीता गुरुङ
३३३ पटक

काठमाडौं – विश्वप्रसिद्ध ब्राजिलियन डीजे एलोक आफ्नो साङ्गीतिक प्रस्तुति दिन काठमाडौँको ठमेलस्थित एलओडी क्लबमा आउँदैछन्। उनले आगामी शुक्रबार, मार्च ७ मा क्लबमा प्रस्तुति दिने छन्।

विश्वभरका उत्कृष्ट डीजेहरूमध्ये चौथो स्थानमा रहेका एलोककाे यो विशेष प्रस्तुति उत्साहजनक हुने अपेक्षा गरिएको छ। एलओडी क्लबका निर्देशक भुपेन कुँवरका अनुसार, डान्स फ्लोरका लागि २,००० रुपैयाँ र भीआईपी टिकटका लागि ३,००० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। टिकटहरू खल्ती एपमार्फत प्राप्त गर्न सकिनेछन्।

यस विशेष कार्यक्रमको लागि क्लबले विभिन्न प्याकेजमा टेबल बुकिङको व्यवस्था पनि गरेको छ, जसको मूल्य ३०,००० रुपैयाँदेखि १.५ लाख रुपैयाँसम्म तय गरिएको छ।

एलओडी क्लबले पहिले पनि बलिउड गायिका नेहा कक्कर, अर्मान मलिक, तथा इन्डियन आइडलका पवनदीप राजनजस्ता चर्चित कलाकारहरूको प्रस्तुति आयोजना गरिसकेको छ। यसबाहेक, अन्तर्राष्ट्रिय कलाकारहरू जस्तै टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन र ज्योतिका टंगारीजस्ता नामी कलाकारहरू पनि क्लबमा प्रस्तुत भइसकेका छन्।

एलओडी क्लब, जसलाई ‘लर्ड अफ द ड्रिंक्स’को नामले पनि चिनिन्छ, विश्वभरका उत्कृष्ट क्लबहरूमध्ये एक हो। युकेस्थित डिजे म्याग द्वारा प्रकाशित २०२४ को सूचीमा क्लब ५०औं स्थानमा रहेको थियो, र सन् २०२५ को लागि क्लबको नोमिनेसन पनि गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...