News Portal

लुथरन समुदायकाे सहयोगले परिवार पालनपोषण गर्ने सहज

लुथरन समुदायको सहयोगले परिवार पालनपोषण गर्न सहज भएको छ।

रबिन्द्र बराल
४३५ पटक

फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका अनुसार, २०६४ सालमा उनी ईस्काईभेटर चलाएर आफ्नो जीवन यापन गर्दै थिए। २०६९ सालमा कामका सिलसिलामा धनपालथान गाउँपालिका नजिकै रहेको भङ्गा पुल नजिक पोखरी खन्ने क्रममा उनले एउटा गोह्मन सर्प जस्तो देखिने सर्प देखे। उनले उक्त सर्पलाई केही नगरेका थिए, तर गाडीमा रहेका खलासीले उक्त सर्पलाई माटोले छोपेका थिए। पछि अर्को सर्प आएपछि उनीलाई आँखामा बारम्बार हेर्ने गरेको र केही समयपछि गाडीको इन्जिन नै बिग्रेको बताए। केही सातापछि उनको दाहिने आँखामा समस्या आउन थाल्यो र विभिन्न अस्पतालमा उपचार गराए पनि दुवै आँखा बिग्रिएका थिए।

आँखा बिग्रिएपछि कोरोनाको समयमा लुथरन कल्याण सेवाले उनकाे घरको आर्थिक अवस्था देखेर उनलाई सानो व्यापार गर्ने उद्देश्यका साथ आर्थिक सहयोग गरेपछि उनले एउटा सानो गुम्टिमा व्यवसाय सुरु गरेका छन्। सो व्यवसायबाट ४ जनाको परिवार पालनपोषण गर्दै आएका छन् र जेठो छोरा राजकुमार ऋषिदेव पनि सुस्त मानसिकतामा रहेका छन्। उनकाे घरमा श्रीमती आशा ऋषिदेव, सुनिल, लक्ष्मी र राजकुमार रहेका छन्। आफू पसलमा बसेर व्यापार गर्दै आएका छन् र उनले पैसाको साइज वा कुन नोट कति हो भन्ने थाहा पाउने गरेका छन्। उनले भने, “अहिलेसम्म पनि लुथरनले मलाई सहयोग गरेपछि अहिले परिवार पालनपोषण गर्न धेरै सहज भएको छ।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...