News Portal

  • बिदेशी प्रभुले जोगाई दिएको ब्यबस्था हल्लियो

    कमला थापा
    ८१० पटक
    २०८१ फाल्गुन ८ गरे बिहिबार

    ०४६ सालमा आएको प्रजातन्त्र ०६२/६३ को आन्दोलनले माओवादीलाई शान्ति प्रकृयामा ल्याउने नाममा राजनेता महामानव विपी कोइरालाको सपना त्यसै दिनबाट समाप्त गरियो। गणतन्त्रका नाममा गांठ-तन्त्रले देश रित्यायो। देशको मानसम्मान स्वाभिमान र जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार, गरिखाने कलकारखाना सबै सक्कियो, जनतालाई सुकुम्बासी बनाईयो। ३५ बर्ष अगाडिसम्म एउटा सानो झुपडि र एक हल गोरुले जोत्ने जमिन नभएका जनता थिएनन् तर आज गणतन्त्रले देश, जनातालाई कंगाल बनाउदै गाँस, बाँस र कपासका लागि खाडि मुलुकको ५० बिग्रिको तापक्रममा भौंतारिदै मूगलान भासिनुपर्यो। परिवार टुहुरा भए, कमाउन गएको छोराछोरी बाकसमा फर्किनु पर्यो। यो कस्ले बनाएको यिनै गणतन्त्रका ठेकेदार, मठाधिसहरुले होईन ? यो सबै बिदेशी प्रभुसंग लम्पसार परेर जोगाएको सत्ता राजा श्री ५ ज्ञानेन्द्र शाहबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्षमा बक्सेको शुभकामना सन्देशले गणतन्त्र पुरै जग नैं नरहनेगरि हल्लियो।

    “प्रजातन्त्र आजको यूगको उत्तम शासन पद्धति हुनुपर्ने हो। जनताको मन, मगज र मतका आधारमा चल्नुपर्ने ब्यबस्था त्यस्तो नरहेको जनताले भोग्नुपरेको दुख, कष्ट ,असुरक्षा र भोका नाङ्गा जनताको चित्कारले अत्यन्तै चिन्तित भएको देखिन्छ। जनता, राष्ट्र र राष्ट्रियता खतरामा परेको, देशको ईतिहास मेटिदै र नेपाल र नेपालीको अस्तित्व हराउँदै जानलागेको आफुलाई महसूस भयकोले जनताले दिएको जिम्मेवारी बहन गर्न आफु सदैव तत्पर रहेको उल्लेख गरेका छन्।”

    राजाको उक्त सन्देशको आधारमा देशको बिधी, ब्यबस्था तथा मान्यता अनुसार राज्य संन्चालन गर्ने सर्बमान्य आदर्श सिद्धान्त हुनुपर्ने थियो ” तर २१ औं शताब्दीमा देश चलाउनेहरुमा त्यो सोच नरहेको देख्दा राजा धेरै मर्माहत भएको देखिन्छ। थोरै झलक जस्ताको तस्तै उल्लेख गर्ने अनुमति चाहन्छु। “प्रजातन्त्र” आजको यूगको उत्तम शासन पद्धति हुनुपर्ने हो। जनताको मन, मगज र मतका आधारमा चल्नुपर्ने ब्यबस्था त्यस्तो नरहेको जनताले भोग्नुपरेको दुख, कष्ट ,असुरक्षा र भोका नाङ्गा जनताको चित्कारले अत्यन्तै चिन्तित भएको देखिन्छ। जनता, राष्ट्र र राष्ट्रियता खतरामा परेको, देशको ईतिहास मेटिदै र नेपाल र नेपालीको अस्तित्व हराउँदै जानलागेको आफुलाई महसूस भयकोले जनताले दिएको जिम्मेवारी बहन गर्न आफु सदैव तत्पर रहेको उल्लेख गरेका छन्। देशमा कुनै संकट नआओस भन्ने हेतुले आफ्नो सुख सुबिधालाई पनि त्याग गरेको तर त्यस्तो त्यागलाई कमजोरी सम्झिएको जस्तो आभाष महसूस भएको उक्त त्यागलाई कसैले पनि कमजोरी नसम्झिन पनि उल्ले गरेका छन्। आफु देश र जनताको खातिर सधै तत्पर रहेको र सदैव रहने देश जोगाउन आफुलाई साथ दिनको लागि देशवासी जनतालाई आहृवानसमेत गरेको सन्देश बास्तबमै स्वागतयोग्य छ। देश बचाउन जनताले अब ढिलो नगरि राजालाई साथ दिनुको बिकल्प छैन।

    “अब नेपालका नेताहरुलाई विदेशीले पत्याउन छोडेका छन्। जति उपयोग गर्नुपर्ने थियो। गरिसके अब उखु चुसेर फ्याकेको छोक्रा जस्ता भएका छन्। जस्ले गर्दा प्रधानमन्त्री केपि शर्मा ओलिलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजसम्म भेटेका थिएनन्। अब सरकारका गठबन्धनका बलिया पार्टनर शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले मात्र हैन बिदेशमन्त्री र उनका सुरक्षा सचिवले समेत पनि नभेट्ने भएपछि देउवाजीको आज जाने भनिएको दिल्ली भ्रमण रद्द भएको छ। कति सर्वनाक कुरा हो।”

    हामी जनताले बुझ्नुपर्ने कुरा यहि हो राजा र राजनैतिक दल, नेताहरुमा कति भिन्नता रहेछ। राजालाई देशको माया हुन्छ। देश चाहिन्छ भने, नेताहरुलाई मात्र पद र पैसा आफु र आफन्तको मात्र उन्नति र प्रगति गर्नुपर्छ। त्यसैले तिन नेतापुत्रहरु केहिदिन अगाडि आ-आफुलाई कोहि प्रधानमन्त्री, राष्ट्रपति र पार्टि सभापतीको अंशबण्डा गर्दै थिए। उता राजा ज्ञानेन्द्र शाह देश जोगाउन प्रयत्नरत दौडाहामा थिए।

    त्यसैले अब नेपालका नेताहरुलाई विदेशीले पत्याउन छोडेका छन्। जति उपयोग गर्नुपर्ने थियो। गरिसके अब उखु चुसेर फ्याकेको छोक्रा जस्ता भएका छन्। जस्ले गर्दा प्रधानमन्त्री केपि शर्मा ओलिलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजसम्म भेटेका थिएनन्। अब सरकारका गठबन्धनका बलिया पार्टनर शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले मात्र हैन बिदेशमन्त्री र उनका सुरक्षा सचिवले समेत पनि नभेट्ने भएपछि देउवाजीको आज जाने भनिएको दिल्ली भ्रमण रद्द भएको छ। कति सर्वनाक कुरा हो।

    “डोनाल्ड ट्रम्पको उपस्थितिले अमेरिका फेरि आर्थिक उन्नति तर्फ अगाडी बढ्ने देखिन्छ। कारण उनीले अरुको देशको शान्ति भंग गर्न बगाएको पैसा सबै रोकिदिएका छन् र आफ्नै देशको उन्नतिमा लगाउने निर्णय समेत गरेका छन्। उक्त कार्यका लागि ट्म्पलाई सफलता मिलोस शुभकामना छ। जस्का कारण नेपालमा MCC मा गर्ने भनेको लगानी पनि बन्द गरिदिए। यो निर्णयले चाइनालाई पनि राहत मिल्ने छ र बिग्रिएको सम्बन्धमा केही सुधार आउन सक्ने संकेत देखिन्छ।”

    गणतन्त्रका मठाधिषहरुको जग हल्लिएको छ। जब प्रभुहरु आफै संकटमा पर्दै गए यी दासहरुको कुर्सी मात्र होईन ब्यबस्था नै धरापमा पर्यो। USAID ले अनुदान रोकिसकेको त थियो नै अब अमेरिकाले समेत सबै सहयोगहरु बन्द गरेको छ। आफ्नो देशमा आर्थिक संकट बनाएर विश्वमा अशान्ति मच्चाउन यूद्ध गराउने देखी अर्धबिकशीत मूलुकहरुमा अरुको धर्म नष्ट गर्दै ईसाई प्रचार र जबरजस्ती धर्म संस्कृति मास्न लगाउने अमेरिका आज आफै आर्थिक संकट ग्रस्त अबस्थामा पुग्यो। अहिले अमेरिका ३६ मिलियन डलर देशबाट बाहिरिनाले अमेरिका आर्थिक संकट भोग्दै छ। डोनाल्ड ट्रम्पको उपस्थितिले अमेरिका फेरि आर्थिक उन्नति तर्फ अगाडी बढ्ने देखिन्छ। कारण उनीले अरुको देशको शान्ति भंग गर्न बगाएको पैसा सबै रोकिदिएका छन् र आफ्नै देशको उन्नतिमा लगाउने निर्णय समेत गरेका छन्। उक्त कार्यका लागि ट्म्पलाई सफलता मिलोस शुभकामना छ। जस्का कारण नेपालमा MCC मा गर्ने भनेको लगानी पनि बन्द गरिदिए। यो निर्णयले चाइनालाई पनि राहत मिल्ने छ र बिग्रिएको सम्बन्धमा केही सुधार आउन सक्ने संकेत देखिन्छ। आगामी दिन विश्व नै शान्तिको यूग बन्न सकोस यहि शुभकामनाका साथ सुखद क्षणको कामना गर्दै श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...