News Portal

केही पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केही पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

संगीता गुरुङ
१७६ पटक

फाल्गुन ६, काठमाडौँ – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण केही क्षेत्रमा मौसम परिवर्तनको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मंगलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने जनाइएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

तराईका केही क्षेत्रमा लाग्ने हुस्सु र कुहिरोले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...