News Portal

निषेधको राजनितिले उब्जाएका प्रश्नहरु

कमला थापा
५३६ पटक
२०८१ माघ २५ गते

नेपाली समाज मिलिजुली बस्ने, समुहमा काम गर्ने एक अर्काको अस्तित्वलाई स्वीकार गर्ने समाज थियो। तर आजको समाजलाई देशको बिकृत राजनितिले तहस-नहस नै बनाएको छ। ६२/६३ को आन्दोलन पछि हामीले गुमाएका महत्वपूर्ण कुरा एकताको प्रतिक राजसंस्था मौलिक धर्म संस्कृति रीतिरिवाज आदर सम्मानलाई बिर्सिंदै जादा हाम्रो आफ्नो पहिचान समेत गुम्ने अबस्थामा आईपुगेका छौ। बिभितता भित्रको एकता भएको मूलक, बडामहाराजाधिराज पृथ्वीनारायण शाहले निर्माण गरेको चार बर्ण छत्तीस जातको फूलबारी शाह वंशीय इतिहासले जोगाएको देश, राजनितिक दलका आबरण भित्र लुकेका भक्षकहरुले देश दोहन गरेर तहसनहस बनाई सके। जनताको जिवनस्तर शुन्य अबस्थामा पुगिसक्यो। नेताहरुलाई एक आपसमा आरोपप्रत्यारोप गर्दै भ्रष्ट तस्कर जोगाउन आफ्नो भ्रष्टाचार लुकाउनमै भ्याईनभ्याई छ। देश जनतालाई हेर्ने फुर्सद कहाँ छ ? राजा नभएको मूलुक जनता टुहुरा भएका छन।

 

“आफ्नै दल भित्र हुन नसकेको एकता अन्यत्र खोजेर पाईने कुरै भएन। प्रत्येक दलमा भित्रिएको गुट, फुट, उपगुट झगडाले ब्यक्ति ब्यक्तिका बिच समस्या खडा भएको छ। यस्तो बिकृतिले अब दलहरुलाई नै समाप्त गर्ने स्थितिसम्म आईपुगेको देखिन्छ। उक्त कुरा शेखर कोइरालाले बुझेका छन्। किनकी उनी विपी कोइरालाका अनुयायी र गिरिजा बाबुका पथ प्रर्दशक हुन।”

दलिय राजनितिले मात्र समाजलाई जोडने काम गर्छ, भन्ने राजनेता विपी कोइरालाको सिद्धान्तलाई आज नेपाली कांग्रेसको नेतृत्वले नै गलत सावित गर्न खोज्दै छ। आफ्नै दल भित्र हुन नसकेको एकता अन्यत्र खोजेर पाईने कुरै भएन। प्रत्येक दलमा भित्रिएको गुट, फुट, उपगुट झगडाले ब्यक्ति ब्यक्तिका बिच समस्या खडा भएको छ। यस्तो बिकृतिले अब दलहरुलाई नै समाप्त गर्ने स्थितिसम्म आईपुगेको देखिन्छ। उक्त कुरा शेखर कोइरालाले बुझेका छन्। किनकी उनी विपी कोइरालाका अनुयायी र गिरिजा बाबुका पथ प्रर्दशक हुन। यस्तो स्थिति आफुलाई ठूला दल भन्ने तिन प्रमुख पार्टिहरुमा र बिषेश गरेर नेपाली कांग्रेस भित्र तिब्ररुपमा बढेको पाईन्छ।

भर्खरै नेपाली कांग्रेस केन्द्रीय समितिले पोखरामा आयोजना गरेको ७७ रै जिल्लाका सभापती र प्रदेश प्रमुख भेला र प्रशिक्षण कार्यक्रममा आफ्नै बरिष्ठ नेतादेखी प्रभावकारी केन्द्रिय सदस्यहरु समेतलाई नबोलाएको दृष्यले गुटको प्रष्ट प्रदर्शन गरेको देखिन्छ। बरिष्ट नेता शेखर कोइराला एक कुशल संगठनकर्ता साबित भैसकेका ब्यक्ति हुन्। यो नेपाली कांग्रेसका तमाम् कार्यकर्ताहरुले बुझिसकेका छन्। उनको बढदो क्रेजलाई दवाउन खोजिनु त्यो पार्टिलाई नै हुने नोक्सानी हो।

 

“सभापती देउवालाई शेखर कोइरालाको कुशल संगठन क्षमताले निकै तर्साएको रहेछ। शेखर कोइराला १४ धौं महाधिवेशनमा देउवाका प्रतिस्पर्धी हुन्। उनले ४०/ प्रतिशत भोट प्राप्त गरेका थिए। साथै १५ औं महाधिवेशनका पनि बलिया उमेदवार हुन्। कार्यकर्ताहरुले कोईरालालाई बिश्राम लिन दिने देखिदैन। भलै हामी जस्ता निष्पक्ष कार्यकर्ता त्यो ठांउमा नहूँला तर निष्पक्ष पूर्वक राम्रोलाई राम्रो भन्न चुक्नु हुदैन। भ्रष्टहरुको जयजयकार गर्न नेपाली कांग्रेसका तमाम् स्वाभिमानी कार्यकर्तालाई सुहाउँदैन।”

 

पार्टिलाई मजबुत बनाउने काम जो कोहिले गरेको अबस्थामा त मान्नुपर्ने हुन्छ, भने बरिष्ठ नेताले गरेको काममा पार्टि डराउनु बिडम्बनापूर्ण हो। यसबाट प्रष्ट हुन्छ की गुटको नेतृत्व गरिरहेका सभापती देउवालाई शेखर कोइरालाको कुशल संगठन क्षमताले निकै तर्साएको रहेछ। शेखर कोइराला १४ धौं महाधिवेशनमा देउवाका प्रतिस्पर्धी हुन्। उनले ४०/ प्रतिशत भोट प्राप्त गरेका थिए। साथै १५ औं महाधिवेशनका पनि बलिया उमेदवार हुन्। कार्यकर्ताहरुले कोईरालालाई बिश्राम लिन दिने देखिदैन। भलै हामी जस्ता निष्पक्ष कार्यकर्ता त्यो ठांउमा नहूँला तर निष्पक्ष पूर्वक राम्रोलाई राम्रो भन्न चुक्नु हुदैन। भ्रष्टहरुको जयजयकार गर्न नेपाली कांग्रेसका तमाम् स्वाभिमानी कार्यकर्तालाई सुहाउँदैन।

यहाँ भन्नै पर्ने हुन्छ। शेखर कोइरालाले १४ औं महाधिवेशनमा गरेको त्रुटि १५ औं मा नदोहोरियोस्। जस्तो धानवालीमा एउटा डरुवा भन्ने रोग लाग्छ। धानवाली सबै नस्ट हुन्छ। त्यस्तै मानिसलाई पनि कहिले कहिँ “डुलुवाले” समाउछ। यदि “डुलुवा”को हावाले छोयो भने त्यस्लाई धामी झांक्री नै लगाउन पर्छ। डाक्टरको उपचारले निको हुदैन। यो अन्धविश्वास हैन गाउँघरमा विशेष रुपमा अझै पनि मान्दै आएको कुरा हो। नेपाली कांग्रेसका तमाम् स्वाभिमानी कार्यकर्ताहरुले बुझिसकेका छन्। नेपाली कांग्रेसलाई जोगाउने या समाप्तिको मार्ग तिर धकेल्ने यो जिम्मेवारी कार्यकर्ताकै हातमा छ। बांकी श्री पशुपतिनाथले रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...