News Portal

११ हजारभन्दा बढी खेलाडीको सहभागितासहित इ-स्पोर्ट्स च्याम्पियनसिप

इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्।

संगीता गुरुङ
२२२ पटक

माघ १३, काठमाडौँ – इ-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना र नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो इ-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि ११ हजारभन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन्। पब्जी मोबाइल, इ-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा हुने यो च्याम्पियनसिपमा इ-फुटबलतर्फ २,५१९ खेलाडी, पब्जी मोबाइलमा १,०३९ टिम, मोबाइल लिजेण्ड्समा २८१ टिम, भ्यालोरेन्टमा ६६ टिम र डोटा टूमा ५८ टिमले नाम दर्ता गराएका छन्। कस प्ले विधाको दर्ता भने अझै खुला राखिएको छ।

च्याम्पियनसिपको क्वालिफायर राउण्ड माघ १४ देखि १८ (जनवरी २७–३१) सम्म अनलाइन माध्यमबाट हुनेछ। समूह चरण र प्लेअफका खेल माघ २० देखि फागुन २ (फेब्रुअरी २–१४) सम्म अनलाइन हुनेछ। अन्तिम चरणका खेलहरू भने फागुन ८ देखि १० (फेब्रुअरी २०–२२) सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रूपमा (ल्यान इभेन्ट) आयोजना गरिनेछ।

प्रतियोगितामा पब्जीतर्फ १६ टिम, मोबाइल लिजेण्ड्समा २ टिम, इ-फुटबलमा ३२ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ४-४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। कस प्ले विधामा भने कुनै सिमाना नराखी फेसन शो शैलीमा प्रदर्शन गरिनेछ। कुल २५ लाख रुपैयाँ पुरस्कार राशी रहेको यस प्रतियोगितामा पब्जी मोबाइलका लागि १० लाख १० हजार, मोबाइल लिजेण्ड्सका लागि ५ लाख २० हजार, भ्यालोरेन्टका लागि ३ लाख, इ-फुटबलका लागि २ लाख १० हजार, डोटा टूका लागि २ लाख, र कस प्लेका लागि १ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। प्रत्येक विधाका विजेता, उपविजेता, र एमभीपीले नगद पुरस्कार पाउनेछन्।

नेपाली इ-स्पोर्ट्सको विकासका लागि यो च्याम्पियनसिप एउटा ठूलो अवसर मानिएको छ। खेलको लोकप्रियता बढाउँदै खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने यस च्याम्पियनसिपले नेपालको इ-स्पोर्ट्स क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...