News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सिंहदरबारमा भित्रीयो खाली गाग्रो

    कमला थापा
    ७१२ पटक
    २०८१ माघ ८ गते बुधबार

    काठमाण्डौं। सुशासनका कुरा गरेर नथाक्ने एमालेका नेता, प्रधानमन्त्री केपि शर्मा ओलि उन्कै घमण्ड र दम्भले पार्टि रित्याउदै छन्। आफुसंग बिमती राख्ने कार्यकर्ता, प्रतिस्पर्धा गर्न सक्ने नेता, उनलाई कत्ती पनी मन पर्दैन। त्यस्तो ब्यक्ति जो कोही होस उस्को पत्तासाफ गर्ने मनोरोगका धनी ओलीले आगामी निर्वाचनसम्म पार्टि रित्याउने लक्षणको शिलान्यास गरेका छन्। हुन त आगामी ०८४ को निर्वाचन पार्टिहरुले भेटछन् ? या भेटिदैनन् भन्न गारो छ ! अहिले कसैलाई सत्ता टिकाउने चटारो छ, भने कसैलाई सत्तामा पुग्ने चटारो ! शत्ताको उन्मादले ” श्रावणमा आंखा फुटेको गोरुले सधै हरियो देखे झैं, सधै शत्ता बाहेक अरु देखेका छैनन्। यहाँ फुर्सद कसैलाई छैन। कोहि सत्ता टिकाउन भारत पुगेका छन् त कोहि थाईल्याण्ड। कस्ले कस्को कुर्सी जोगाई दिने हो। छिटै थाहा पाईएला !

    “बहुदल आएदेखि सत्ता बाहिर नबसेका रावल सत्ता बाहिर बस्नु परेको पिडाले छटपटिएका, उनी मन्त्री नभएको मन्त्रालय बिरलै होला, दुधले नुहाएका भने उनि पनि हैनन्। माधव नेपाललाई उचाल्नु र पार्टि फोडनुमा प्रमुख हात उनको पनि थियो। माधव नेपाललाई एक्ल्याएर उनी एमालेमै फर्किए। त्यसैले घर न घाटको हुनपुगेका रावल पछिल्ला दिनमा जनप्रिय भाषा बोल्न थालेका हुनाले वाहवाही बन्न पुगे, उनको नयाँ पार्टिको बिचार, सिद्धान्त के हो ? कुन एजेण्डा बोकेर जनतामा जान्छन् ? हेर्न बांकी छ। सानोतिनो महत्वाकांक्षा बोकेका नेता भने उनि पनि हैनन्। जे होस यस्तै हो भने उता रावलले सुदुरपश्चिम रित्याउने र पूर्वान्चल दुर्गाले कब्जा गर्न सके भने एमालेको भविष्य खतरामा नपर्ला भन्न सकिन्न।”

    नेपाली कांग्रेस र एमालेबिच आधारातमा भएको गठबन्धन आफ्ना कार्यकर्ताहरुलाई देखाउने एउटा कुरा थियो। संविधान संशोधन, तर त्यस्को उद्देश्य, मनसाय अर्कै थियो। मात्र भ्रष्टाचार नक्कली भुटानी शरणार्थी, गिरिबन्धु टि स्टे्ट, ओमनी, यति, सुन काण्ड लगायतका हजारौं काण्ड लुकाउने र जेल जानबाट बच्ने। जुनकुरा साधारण भन्दा साधारण कार्यकर्ताले बुझेका थिए। तर दोश्रो पुस्ताका नेता र यूवा पुस्ताका नेताहरुले बुझ पचाएका थिए। अहिले केही नेताहरुको आँखा खुलेको देखिन्छ, भने यूवा पुस्ता अझै बुझ पचाएर नेतृत्वकै गुलामी गर्न ब्यस्त छन्।

    एमाले अध्यक्ष केपि शर्मा ओलिले भिम रावललाई पार्टिबाट निस्कासन गरेर ठुलै उपलब्धि हांसिल गरें भन्ने दम्भ पालेका थिए होलान्। तर सुदुरमश्चिमा यहि हालत रह्यो भने एमाले रित्तिन बेर छैन। एमालेका स्थानिय संगठनबाट अहिलेसम्म ११ सय भन्दा बढिले एमाले छाडेर भिम रावलसंग गएको सुनिन्छ। भने कृयाशिल सदस्यता रिनु नगर्नेको सख्या पनि बढदो छ। बहुदल आएदेखि सत्ता बाहिर नबसेका रावल सत्ता बाहिर बस्नु परेको पिडाले छटपटिएका, उनी मन्त्री नभएको मन्त्रालय बिरलै होला, दुधले नुहाएका भने उनि पनि हैनन्। माधव नेपाललाई उचाल्नु र पार्टि फोडनुमा प्रमुख हात उनको पनि थियो। माधव नेपाललाई एक्ल्याएर उनी एमालेमै फर्किए। त्यसैले घर न घाटको हुनपुगेका रावल पछिल्ला दिनमा जनप्रिय भाषा बोल्न थालेका हुनाले वाहवाही बन्न पुगे, उनको नयाँ पार्टिको बिचार, सिद्धान्त के हो ? कुन एजेण्डा बोकेर जनतामा जान्छन् ? हेर्न बांकी छ। सानोतिनो महत्वाकांक्षा बोकेका नेता भने उनि पनि हैनन्। जे होस यस्तै हो भने उता रावलले सुदुरपश्चिम रित्याउने र पूर्वान्चल दुर्गाले कब्जा गर्न सके भने एमालेको भविष्य खतरामा नपर्ला भन्न सकिन्न। गृहजिल्ला त परिसकेकै छ।

    “नेताहरुको हबेलिमा नोटको भकारी राख्ने ठाउँ छैन। हाम्रा सुन फल्ने जग्गामा कंक्रिट महल उत्पादन भए। साईकल चढ्न नपाएकाहरु आज हेर्दाहेर्दै घरमा तिन/चार ओटा प्राडो राख्ने भए। यस्तो हराभरा देशलाई रित्याएर आफ्नो देशमा “सुनको थाल हुदाहुदै हाम्रा नेताहरु सुनको कमण्डलु लिएर बिदेशीहरुसंग भिख माग्न हिडेका छन्।” राजा ज्ञानेन्द्र शाहको उक्त भनाई भित्र लुकेको त्यो मार्मिक शब्दले नेताहरुलाई कत्तिको छोयो, या छोएन ? यदि नछोएको भए अब समयले नै देखाउने छ। पार्टिहरु र नेताहरु नसुध्रिने संकेत पाइसकेका जनता अब अरु पर्ख र हेर भन्ने अबस्थामा छैनन्। ०६२/६३ले ल्यायको गणतन्त्र र यस्ले गरेको १२ बूंदेको सहमति सक्कियो भन्ने बिश्वास जनतामा परिसकेको छ।”

    यता नेपाली कांग्रेसको हालत पनि कम छैन। भाउजैको हैकम, डन, धन र भ्रष्टाचारले दुर्घन्धित भएको नेतृत्वको अनुहार हेरेर र जिल्ला जिल्लामा भएको अमानविय ब्यबहारका कारण पुराना योग्य र कर्मठ कार्यकर्ताहरु कृयाशिल सदस्यता रिनु गर्ने पक्षमा देखिएका छैनन्। त्यसमा पनि बालेन
    शाहले पार्टि नखोलुन्जेल हो। यदि बालेन शाहले पार्टि खोलेको दिन कांग्रेस लगाएत करिब सबै पार्टिहरु नरित्तिएला भन्न सकिन्न। जो बिदेश जान नसकेर बसेका बचेखुचेका यूवाहरुको आकर्षण बनेका बालेन शाहले पार्टि खोलेको दिन बालेनको पार्टि आकर्षक नहोला भन्न सकिदैन। सिंहदरवारको भ्रष्टाचार गाउँको वडा, वडासम्म पुगेकै छ। अब त रित्ता गाग्रिहरु सिंहदरवार भित्रिन थालिहाले केके भित्रने र कोको त्याहाँबाट बाहिरिने हो त्यो पनि समयले छिटै देखाउउदै छ।

    देशका खेतबारी बांझै भएको धेरै बर्ष भयो। किसानहरुले धानका भकारी बान्न‌ नपाएको पनि २५/३० बर्ष बित्यो। तर नेताहरुको हबेलिमा नोटको भकारी राख्ने ठाउँ छैन। हाम्रा सुन फल्ने जग्गामा कंक्रिट महल उत्पादन भए। साईकल चढ्न नपाएकाहरु आज हेर्दाहेर्दै घरमा तिन/चार ओटा प्राडो राख्ने भए। यस्तो हराभरा देशलाई रित्याएर आफ्नो देशमा “सुनको थाल हुदाहुदै हाम्रा नेताहरु सुनको कमण्डलु लिएर बिदेशीहरुसंग भिख माग्न हिडेका छन्।” राजा ज्ञानेन्द्र शाहको उक्त भनाई भित्र लुकेको त्यो मार्मिक शब्दले नेताहरुलाई कत्तिको छोयो, या छोएन ? यदि नछोएको भए अब समयले नै देखाउने छ। पार्टिहरु र नेताहरु नसुध्रिने संकेत पाइसकेका जनता अब अरु पर्ख र हेर भन्ने अबस्थामा छैनन्। ०६२/६३ले ल्यायको गणतन्त्र र यस्ले गरेको १२ बूंदेको सहमति सक्कियो भन्ने बिश्वास जनतामा परिसकेको छ। केही राम्रा नेताहरु राम्रैसंग जोगिउन हाम्रो शुभकामना छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...