News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाली कांग्रेसमा प्रधानमन्त्रीको खोजी

    कमला थापा
    १४१ पटक

    हिउँदे अधिवेशन सुरू हुन दुई महिना ढिलो भैसक्यो। संसदमा पेस भएका २० ओटा बिधेयक अलपत्र परेका छन्। जस्ले गर्दा ऐन, कानून बन्न पायको छैन। ऐन कानून को अभावमा धेरै सरकारी कामहरु रोकिएका छन्। जस्को प्रवाह सरकारलाई छैन। भर्खरै मात्र सरकारले ल्याएको चार ओटामा तिन ओटा अध्यादेश राष्ट्रपतिले जारी गरेका छन्। अर्को पनि छिटै गर्ने तयारिमा छ। प्रधानमन्त्री संसद फेस गर्न नसकेर भाग्दै छन्, भने गठबन्धनको ठूलो पार्टनर नेपाली कांग्रेस त्यस्को समर्थन गर्दै संसदलाई बन्धक बनाउन मद्दत पुर्याउदै छ।

    “कांग्रेसका सभापति शेर बहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनलाई आफ्नो निवासमा बोलाएर निकै भलाकुसारीका साथ तपाई प्रधानमन्त्री बन्नुहोस् मेरो पूर्ण समर्थन हुनेछ, भने पछि लिंगदेनको दौडाहा सबै पार्टीका सभापतीहरु कहाँ सुरु भयो। परिणाम कस्तो आउ छ! हेर्न बांकी छ। कति सस्तो भयको छ, प्रधानमन्त्रीको पद! हिजो ३२ सिटको थियो। अब १४ सिटलाई ! कुनै नौलो कुरा भएन, यो लोकतन्त्र हो। यहां जे पनि गर्न पाईन्छ। देशमा स्थायी अभिभावक नहूदां गणतन्त्रको “दांई” भएको छ। मूलुक निरिह बन्दै गएको अबस्था छ।”

    संसद फेस गर्ने हिम्मत नभएका प्रधानमन्त्री केपी शर्मा ओलि र भ्रष्टाचारी गठबन्धन सरकारले देशलाई मजाक बनाउँदैछन्। यदि देश अध्यादेशबाटै चलाउने भए संसद किन चाहियो ? संघिय र प्रदेश तिनका मन्त्री ७ ओटा प्रदेश प्रमुख, राष्ट्रपतिलाई जोडने हो भने जनता भन्दा सांसद र मन्त्री धेरै भैसके। देश टाट पल्टिसक्यो तलब खुवाउने पैसासा छैन। बैदेशिक ऋणबाट चलाएका छन्। यसरी कतिदिन धान्ने ? काग्रेसकै गृहमन्त्री जस्ले जति बिरोध गरेपनि हामी बिधेयक ल्याएरै छाड्छौ भन्दै थिए। तिनवटा बिधेयक राष्ट्रपतिद्वारा जारी भयो। अरु कति आउन बांकी होला सांसदहरुको काम भनेको संन्चार माध्यमबाट सुन्ने मात्र रह्यो। संविधान संसोधन गर्ने भन्ने बहानामा बनेको सरकारले अर्को मजाक प्रदर्शन गरेको छ।

    प्रधानमन्त्री केपि शर्मा ओलिले केही दिनअघि संम्बिधान सम्सोधन हुन ०८७ साल‌ पर्खनु पर्नेछ, भनेपछि नेपाली कांग्रेसमा केही तरंग उत्पन्न भएको थियो। अब सरकारको यो गठबन्धन टुट्छ। सरकारको आयू सकियो भन्नेहरुको आवाज गुन्जायमान भैरहदा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनलाई आफ्नो निवासमा बोलाएर निकै भलाकुसारीका साथ तपाई प्रधानमन्त्री बन्नुहोस् मेरो पूर्ण समर्थन हुनेछ, भने पछि लिंगदेनको दौडाहा सबै पार्टीका सभापतिहरु कहाँ सुरु भयो। परिणाम कस्तो आउ छ! हेर्न बांकी छ। कति सस्तो भएको छ, प्रधानमन्त्रीको पद! हिजो ३२ सिटको थियो। अब १४ सिटलाई ! कुनै नौलो कुरा भयन, यो लोकतन्त्र हो। यहां जे पनि गर्न पाईन्छ। देशमा स्थायी अभिभावक नहूदां गणतन्त्रको “दांई” भएको छ। मूलुक निरिह बन्दै गएको अबस्था छ। गणतन्त्रका ठेकेदारहरु संसदबाट भागिरहंदा लाग्छ, उनिहरु प्रतिपक्ष बिहिन संसदको कल्पना गर्दैछन् र एकतन्त्रीय शासन व्यवस्थालाई आमन्त्रण गर्दैछन्,भन्दा अत्युक्ति नहोला।

    “गणतन्त्रका दुहाई दिने ठेकेदारहरुले राजा ज्ञानेन्द्र शाहको अभिब्यक्ति अझै गहिरिएर सुनुन् र मनन् गरुण। के नेताहरुले कहिले जनतालाई सर्वोपरी ठाने ? उनिहरुको लागि केवल डन, धन, माफिया र भ्रष्टाचार नै सर्वश्रेष्ठ रह्यो। देश रित्तियो, देशका हजारौ हेकड जमिन आफ्ना परिवार र माफियाहरुको हातमा पुग्यो। जिवनभर भ्रष्टाचारका बारेमा वकालत गर्ने सयौ पुस्तक लेख्ने, तिन/तिन पटक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका ब्यक्ति भरत जंगम जस्ता सामाजिक ब्यक्तित्वलाई झुट्टा मुद्दामा हिरासतमा लिएर मुद्धा चलाउने सरकारलाई सु-शासनका कुरा गर्नु अजिंगरको कानमा बिण बजाउनु सरह भएको छ।”

    यदि देश र जनताको चिन्ता कसैलाई छ भने, त्यो केवल राजा ज्ञानेन्द्र शाहलाई मात्र भएको देखियो। देश दर्शनमा निस्किएका राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको उपलक्ष्यमा दिनुभयको भिडियो सहितको बिज्ञप्ति कति गहन, जिम्मेवारपूर्ण राष्ट्र र जनताको मर्मलाई आत्मसात् गरेको देखिन्छ। यांहा सानो झलक मात्र प्रस्तुत गर्न चाहे। ” सहि राज्य पद्धति, शान्ति र अनुशासन बिना हुन सक्दैन। परिवर्तन देखाउन पहिलेको कोरा र सतहि फेरबदल, आलटाल, टालटुले प्रणालीले निश्चित परिणाम दिन सक्दैन।” शान्ति, सु-ब्यबस्थाका माध्यमबाट मात्र सम्भब छ। निश्चय पनि हामीले हाम्रो राष्ट्रियता, राष्टि्य एकता र राष्टि्यताको रक्षा गर्नु छ। हाम्रो राष्टि्य स्वाभिमान, अखण्डता र सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ। यसैबाट मात्र राष्ट्रको रक्षा हुन सक्छ। यहि एकताको माध्यमबाट र शान्ति, सुशासनको माध्यमबाट चौतर्फी बिकाशको बाटो लाग्नु छ। राष्ट्र नै हाम्रो ब्रह्म हो। आफ्नो भू-भागका जनता नै हाम्रा बिधाता हुन्। अनि यहि प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहम धर्म हो भनेका छन्।”

    राजाको यस्तो मार्मिक जिम्मेवारी, कर्तब्यनिष्ठ अभिब्यक्तिले जनताको मन जितेको छ। राजाको उक्त अभिब्यक्तिले गहिरो अर्थ राख्दछ। गणतन्त्रका दुहाई दिने ठेकेदारहरुले राजा ज्ञानेन्द्र शाहको अभिब्यक्ति अझै गहिरिएर सुनुन् र मनन् गरुण। के नेताहरुले कहिले जनतालाई सर्वोपरी ठाने ? उनिहरुको लागि केवल डन, धन, माफिया र भ्रष्टाचार नै सर्वश्रेष्ठ रह्यो। देश रित्तियो, देशका हजारौ हेकड जमिन आफ्ना परिवार र माफियाहरुको हातमा पुग्यो। जिवनभर भ्रष्टाचारका बारेमा वकालत गर्ने सयौ पुस्तक लेख्ने, तिन/तिन पटक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका ब्यक्ति भरत जंगम जस्ता सामाजिक ब्यक्तित्वलाई झुट्टा मुद्दामा हिरासतमा लिएर मुद्धा चलाउने सरकारलाई सु-शासनका कुरा गर्नु अजिंगरको कानमा बिण बजाउनु सरह भएको छ। जनताले जितिसकेको, चाडों यो ब्यबस्थाको अन्त गर्नु नै यो राष्ट्रको भलाई हुनेछ। श्री पशुपतिनाथले यो देशको रक्षा गरुण। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    कंचनपुर : हात्तीको आक्रमणबाट घाइते बिष्टलाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग ।

    कञ्चनपुर, ०२ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित श्री मधु सामुदायिक वन...

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

    २ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको...

    नेपाली कांग्रेसमा प्रधानमन्त्रीको खोजी

    हिउँदे अधिवेशन सुरू हुन दुई महिना ढिलो भैसक्यो। संसदमा पेस भएका २० ओटा बिधेयक अलपत्र...

    सुन–चाँदीको मूल्यमा वृद्धि

    माघ २, काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन...

    विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन...