News Portal

विदेश पलायन र बाँदर आतंकले ग्रामीण कृषक हैरान

ग्रामीण क्षेत्रमा कृषि जनताको मुख्य आयस्रोत भए पनि जनशक्ति विदेश पलायन र बाँकी रहेका वृद्धवृद्धाले जेनतेन खेती गरे पनि बाली भित्र्याउने बेलामा बाँदरले नष्ट गरिदिँदा उनीहरू चिन्तित छन्।

चन्द्र थापा
३७८ पटक

ग्रामिण भेगमा जनताको मुख्य आय श्रोत कृषि उत्पादन नै हो। सरकारबाट कृषिमा आत्मनिर्भर बन्न विभिन्न योजनाहरू ल्याईएता पनि दिनदिन कृषिमा आधारित जनशक्तिहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्दा खेती योग्य जमिनहरू वाझै हुन थालेको छ।

गाउँघरमा प्रायः वृद्ध उमेरका मानिसहरू मात्र हुने, दु:खले खेती गरिएको जमिनमा पनि खेती भित्राउने बेलामा बाँदरले नष्ट गरिदिदा कृषकहरू चिन्तित छन्।

उत्तरी धादिङको कृषि उत्पादनमा भोगिरहनु परेको यो समस्यालाई कृषि मन्त्रालयमा पनि अवगत गराई सकेको र मन्त्रालयबाट समाधानका लागी तत्कालै आवश्यक पहल गरिने जानकारी पाएको थापा वताउछन।

फलफूल तरकारी र अन्नवालीहरू बाँदरको मुख्य निसाना हुन्, र वर्तमान अवस्थामा धपाउन जादा बाँदरको हजारिया फौजले आक्रमणमा परिने डर र दुखेसो पोख्छन् स्थानिय किसानहरू।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...