News Portal

  • डिपेन्डेन्ट भिसामा विदेश लैजाने भन्दै ठगी गर्ने पक्राउ

    डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्।

    संगीता गुरुङ
    २४७ पटक

    काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार मगरले दुई युवतीलाई कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई ठगी गरेका थिए। उनले सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी विश्वास जितेका र रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएका थिए।

    प्रहरीले मगरलाई काठमाडौं महानगरपालिका-३, बाँसबारीबाट पक्राउ गरी ठगी मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ। ठगीबाट पीडितहरूलाई २१ लाख बिगो माग गरिएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...