News Portal

भेरी नदीमा खसेकी किशोरीको सशस्त्रले गर्‍यो सकुशल उद्धार

हिमालीसंचार संवाददाता
६७० पटक

सुर्खेत। पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा खसेकी थिइन्।

बुधबार बेलुकी साढे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले २ मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए।

हाल मेहलकुनास्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए।

सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ। भेरी नदीको किनारमा चिसो भए पनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको मल्लले बताए।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...