मोरङ। मोरङ रंगेली नगरपालिका-७ शुक्रबारेमा सन्चालमा रहेको इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेकाे छ।
ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रंगेली-७ बस्ने २१ वर्षिय संजय कुमार मण्डललाई पक्राउ गरेको छ।
फार्मेसीबाट खानतलासी गर्दा प्रतिबन्धित लागू औषध TRAMADOL ५ हजार ३ सय क्याप्सुल, SPASPAIN दुई हजार ट्याबलेट, Diyse-20 १३ हजार ६ सय ट्याबलेट फेला परेको छ।
मण्डललाई नियन्त्रणमा लिई इप्रका रंगेलीमा ल्याई थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ।