News Portal

ज्ञानेन्द्र शाहलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालिकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन्।

बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वराजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गरेका हुन्।

मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहेका छन्।

धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्लाहरुमा निस्किए पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उनी नेपालगञ्ज बस्दै आएका छन्।

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न गर्न आउने क्रममा पूर्वराजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ।

तुलसीपुरमा बाहीनी चोकदेखि, जेसिस चोक, बिपि चोक र बिरेन्द्र चोकसम्म पुर्ब राजालाई नागरिक अभिनन्दन गरिएको छ।

बिरेन्द्र चोकमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्दा नागरिकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारासमेत लगाएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...