News Portal

नेपाल स्काउटका आयुक्तमाथि यौन दुर्व्यवहारको आरोप

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सचिवमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सङ्गठनका केन्द्रिय सचिव आर्शीवाद सुवेदीमाथि विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

उनी नेपाल स्काउटका केन्द्रीय आयुक्तसमेत हुन्। स्काउटको कार्यक्रममा सहभागी हुने क्रममा उनीबाट पीडित भएको भन्दै एक महिलाले उजुरी गरेकी थिइन। २०८१ कात्तिक १ देखि (अक्टोबर १७ देखि १९) ताइवानमा आयोजित स्काउटको एशिया प्यासिफिक क्षेत्रीय कार्यशालामा नेपाल सहित ११ देशका स्काउट प्रतिनिधिहरू सहभागी थिए।

सोही कार्यशालामा नेपालका तर्फबाट अर्का एक सहआयुक्तसहित सुवेदी पनि ताइवान पुगेका थिए। सोही कार्यक्रममा सुवेदीले आफ्नो शरीरका संवेदनशिल अङ्गहरू जबरजस्ती छुन प्रयास गरेको भन्दै एक महिलाले विश्व स्काउटमा लिखित उजुरी गरेकी थिइन्।

स्काउटको दक्षिण एशियाली क्षेत्रीय कार्यालय (एपीआर)मार्फत नेपाल स्काउटमा सो घटना छानबिनका लागि पत्र काटेपछि घटना बाहिरिएको हो।

‘आयुक्त सुवेदीमाथि यौन दुर्व्यवहारमा छानबिन गर्न लिखित पत्राचार भएको छ,’ स्काउट उच्च स्रोतले भन्यो। झण्डै दुई साताअघि आएको सो पत्रबारे स्काउटका उच्च तह जानकार भए पनि राजनीतिक दबाबमा घटना लुकाउने प्रयत्न भइरहेको थियो।

तर, स्काउटका महिला प्रतिनिधिहरूको दबाबमा दक्षिण एशियाली क्षेत्रीय कार्यालय (एपीआर)को पत्रपछि नेपाल स्काउटका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद भट्टराईको नेतृत्वमा घटनाबारे छानबिन गर्न समिति बनाइएको थियो। समितिले सुवेदीको बयान लिएर एपीआरमा पठाइसकेको छ।

सो विषयमा नेपाल स्काउट खेलकुद मन्त्री तेजुलाल चौधरीलाई यस अघिनै जानकारी गराइए पनि स्काउटकै पदाधिकारीहरूको दबाबमा घटना ढाकछोप गर्न खोजिएको स्रोत बताउँछ।

स्काउटका महिला आयुक्तहरूको दबाबपछि भने बिहिबार खेलकुद मन्त्री चौधरीकै उपस्थितिमा स्काउटको बैठक बसेको थियो। बैठकले सुवेदीलाई स्काउटको आयुक्तको जिम्मेवारीबाट निलम्बन गर्ने र उनीमाथि छानबिन गर्ने निर्णय गरेको छ। आज बसेको नेपाल स्काउटको बैठकले सुवेदीमाथि छानबिन गर्ने निर्णय गरेको स्काउटकी सहप्रमुख आयुक्त इन्दु सुवेदीले बताइन्।

‘आज माननीय मन्त्रीज्यूको अध्यक्षतामा बैठक बसेको थियो,’ सुवेदीले भनिन्, ‘छानबिन प्रक्रियालाई सहज बनाउन भन्दै आयुक्त सुवेदीलाई निलम्बन गर्ने निर्णय गरिएको छ।’ आफ्नो सचिव यौन दुर्व्यवहार आरोपमा मुछिएको बारेमा अनेरास्ववियुले भने कुनै प्रतिक्रिया जनाएको छैन्।

आरोपित सुवेदीले आफूमाथिको आरोप स्वीकार गरे। ‘ताइवानको कार्यक्रममा एक स्वयंसेवक युवतीले पछाडिबाट ब्याड टच (खराब छुवाई) गरेको भनी म विरुद्ध आरोप लगाउनु भएको रहेछ’ सुवेदीले भने, ‘यसबारे मैले, म निर्दोष रहेको कुरा लिखित रुपमा राखिसकेको छु।’

उक्त कार्यक्रममा सार्वजनिक स्थलमा ट्याक्सी चढ्ने क्रममा म बाट त्यस्तो भएको भनी आरोप लगाइएको तर त्यस्तो कार्य आफूबाट नभएको उनले प्रष्ट्याए। कार्यक्रम अवधिभरी आफू अन्य सहभागीहरुसँगै रहेको भन्दै आरोपित सुवेदीले उक्त आरोप कसरी लगाईयो भन्दै आश्चार्य व्यक्त गरे। (सिधाकुराबाट।)

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...