News Portal

अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

रबिन्द्र बराल
२७८ पटक

मोरङ। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न भएको छ। रङ्गेली-७ स्थित जनता क्याम्पसको प्राङ्गणमा महिला हिंसा विरुद्ध अभियान कार्यक्रम सञ्चालन गरिएको थियो।

उक्त कार्यक्रममा सामुदायिक विद्यालय अन्तर्गत आदर्श माध्यमिक विद्यालय, रत्न माध्यमिक बिधालय, पब्लिक उच्च मावि विद्यालय, रत्न माध्यमिक विद्यालय गणेश माध्यमिक विद्यालय, मिनिल्याण्ड बाेडिङ स्कुल लगायतका विद्यार्थीहरुले महिला हिन्साका बारेमा जनचेतनामूलक गितहरुमा नृत्य गर्नुका साथै आफ्नो भनाइ समेत राखेका थिए।

कार्यक्रमकाे प्रमुख अथिति मेयर दिलिप बगडिया, बिषिष्ठ अथिति उममेयर भुमा पराजुली, जिल्ला समन्वय समितिका अध्यक्ष उषा ठाकुर, वडाध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईंलगायत विभिन्न महिला समुहका प्रतिनिधि, बिधालयका प्रतिनिधि लगायतकाे समेत सहभागीता रहेको थियो।

कार्यक्रम अशक्त, असायहरुका लागि विभिन्न सामाग्रीहरु समेत बितरण गरिएको थियो। संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म विश्वभर लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको हाे।

लुथरन LCWS रंगेली-२ लक्ष्मीपुर, रंगेली नगरपालिकाकाे सहयोग र गृह श्रमिक सृजनशिल महिला समाज नेपाल र साना किसान समूह/५ वटै वडाका महिला तथा आमा समूहहरुकाे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...