News Portal

कतार एयरवेजले रोक्यो भैरहवा उडान

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको उक्त एयरलाइन्सले मंसिर १५ देखि भैरहवा उडान बन्द गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार एयरवेजले भैरहवा विमानस्थलको उडान अनुमति मंसिर १५ सम्मका लागि मात्र लिएको थियो र त्यसलाई नवीकरण गरेको छैन।

‘कतार एयरवेजको उडान अनुमति नोभेम्बर ३० (मंसिर १५) सम्म थियो, तर त्यसपछि नवीकरण नगरिएको हो,’ भुलले भने।

हाल कतार एयरवेजले काठमाडौंबाट भने नियमित रूपमा दुई उडानहरू सञ्चालन गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...