
दाङ। दाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ सेवार सृजनशील टोल डेरा गरी बस्ने सल्यान दार्मा गाउँपालिका–६ घर भएका २० वर्षीय कमल बुढाथोकी रहेका छन्।
कमलले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी भेट्न बोलाई बलात्बार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
