News Portal

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

रबिन्द्र बराल
३१६ पटक

मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे।

नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ।

हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य बनाउन र नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान समेत गर्दे आईरहेकाे छ।

नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने यस्तो कार्यक्रम सन्चालन गरिरहेकाे छ।

२०७७ सालमा स्थापना भएको आयुर्वेदिक स्वास्थ्य केन्द्रले बिगत ४ बर्षदेखि आयुर्वेदिक स्वास्थ्य चेक जाँच गर्दे बिगतका दिनहरु भन्दा अहिले दिनप्रतिदिन बिरामीहरुकाे संख्या बढ्दै गईरहेकाे छ।

आधारभुत स्वास्थ्य केन्द्रमा ग्याष्टिक, घुडा दुखाई, रुघाखोकी लगायत अन्य राेगकाे समेत उपचार भईरहेकाे महेश कुमार प्रमाणि बैधले बताए।

अनुसार बिगतका दिनहरुमा भन्दा अहिले बिरामीहरुकाे संख्या बढ्दै समेत गईरहेकाे र नगरपालिका र वडा कार्यलयले सहयोग गर्दे आईरहेता पनि सेवा सुविधा अझै बढाएमा आफुहरुलाई कामगर्ने सहज हुने बैधले बताए।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा नागरिक आरोग्य सेवा केन्द्रबाट उपचार सेवा हुदै आईरहेकाे छ।

नेपाल सरकारले नीति तथा कार्यक्रममा “स्वस्थ नागरिक, स्वन्ध समाज र स्वस्थ जीवन” भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन टोलटोलमा नागरिक आरोग्य कार्यक्रम संचालन गरिरहेकाे छ।

उजित नारायण महताेका अनुसार आफुलाई बिगत ८ बर्षदेखि डाईभिटिज राेग लागेकाे र बिगत ४ बर्षदेखि यहिकाे दवाई सेवन गरेकाे र अहिले आफ्नो स्वास्थ्य राम्रो रहेकाे समेत उनलेे बताए।

अहिले दैनिक ३ देखि ५ जनाकाे थारापि पद्धतिबाट उपचार समेत हुदै आईरहेकाे र अन्य बिरामीहरुलाई समेत चेकजाँच गरेर निशुल्क ओैषधि समेत बितरण गर्दे आईरहेकाे बैधले बताए।

रंगेली-७ कि सुर्जिदेवि मंण्डलका अनुसार आफुलाई बर्षाेदेखि घुडा दुख्ने समस्या रहेको र यहाँ उपचार गराउन आउदा आफ्नो पुरानाे समस्या निकाे भएको उनलेे बताईन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...