News Portal

  • आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    रबिन्द्र बराल
    २०८ पटक

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना भएको थियोे।

    नागरिककाे शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ एवं सबल बनाउन उक्त कार्यक्रम सन्चालन गर्दे आईरहेकाे छ।

    हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य बनाउन र नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान समेत गर्दे आईरहेकाे छ।

    नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने यस्तो कार्यक्रम सन्चालन गरिरहेकाे छ।

    २०७७ सालमा स्थापना भएको आयुर्वेदिक स्वास्थ्य केन्द्रले बिगत ४ बर्षदेखि आयुर्वेदिक स्वास्थ्य चेक जाँच गर्दे बिगतका दिनहरु भन्दा अहिले दिनप्रतिदिन बिरामीहरुकाे संख्या बढ्दै गईरहेकाे छ।

    आधारभुत स्वास्थ्य केन्द्रमा ग्याष्टिक, घुडा दुखाई, रुघाखोकी लगायत अन्य राेगकाे समेत उपचार भईरहेकाे महेश कुमार प्रमाणि बैधले बताए।

    अनुसार बिगतका दिनहरुमा भन्दा अहिले बिरामीहरुकाे संख्या बढ्दै समेत गईरहेकाे र नगरपालिका र वडा कार्यलयले सहयोग गर्दे आईरहेता पनि सेवा सुविधा अझै बढाएमा आफुहरुलाई कामगर्ने सहज हुने बैधले बताए।

    प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा नागरिक आरोग्य सेवा केन्द्रबाट उपचार सेवा हुदै आईरहेकाे छ।

    नेपाल सरकारले नीति तथा कार्यक्रममा “स्वस्थ नागरिक, स्वन्ध समाज र स्वस्थ जीवन” भन्ने अवधारणालाई कार्यान्वयनमा ल्याउन टोलटोलमा नागरिक आरोग्य कार्यक्रम संचालन गरिरहेकाे छ।

    उजित नारायण महताेका अनुसार आफुलाई बिगत ८ बर्षदेखि डाईभिटिज राेग लागेकाे र बिगत ४ बर्षदेखि यहिकाे दवाई सेवन गरेकाे र अहिले आफ्नो स्वास्थ्य राम्रो रहेकाे समेत उनलेे बताए।

    अहिले दैनिक ३ देखि ५ जनाकाे थारापि पद्धतिबाट उपचार समेत हुदै आईरहेकाे र अन्य बिरामीहरुलाई समेत चेकजाँच गरेर निशुल्क ओैषधि समेत बितरण गर्दे आईरहेकाे बैधले बताए।

    रंगेली-७ कि सुर्जिदेवि मंण्डलका अनुसार आफुलाई बर्षाेदेखि घुडा दुख्ने समस्या रहेको र यहाँ उपचार गराउन आउदा आफ्नो पुरानाे समस्या निकाे भएको उनलेे बताईन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...