News Portal

भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

शिव दयाल यादब
३१४ पटक

सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ।

अस्पताल अस्ब्यस्त रहेका कारणले यहाँका पशुपालक किसानहरूलाई गम्भीर असर पुर्‍याएको छ। सेवा केन्द्रमा आवश्यक पूर्वाधार, जनशक्ति, तथा औषधि अभावका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्।

मधेश प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा समयमै सेवाको पहुँच नहुँदा पशुहरूको उपचारमा ढिलाइ हुने, रोग पहिचान र रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने स्थिति छ।

थप रूपमा, कर्मचारीको अभाव र पूर्वाधार जीर्ण हुँदा सेवा लिन पुगेका किसानहरू निराश भएर फर्किन बाध्य भएका छन्।

भवन जीर्ण रहेको र नयाँ भवन हालसम्म सम्पन्न नहुदा रुख मुनिबाटै कार्यालय सन्चालनमा रहेको उक्त कार्यालयका लाइभस्टक छैठो अधिकृत बिरेन्द्र कुमार यादब बताउँछन्।

उनले ५ महिनादेखी तलब समेत नपाएको दुखेसो पोखे। सिरहा औरहिका किसान हरि नारायण यादबले जहिले आएपनि अस्पतालको हालत उस्तै रहेको बताए।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...