News Portal

भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

शिव दयाल यादब
३७० पटक

सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ।

अस्पताल अस्ब्यस्त रहेका कारणले यहाँका पशुपालक किसानहरूलाई गम्भीर असर पुर्‍याएको छ। सेवा केन्द्रमा आवश्यक पूर्वाधार, जनशक्ति, तथा औषधि अभावका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्।

मधेश प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा समयमै सेवाको पहुँच नहुँदा पशुहरूको उपचारमा ढिलाइ हुने, रोग पहिचान र रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने स्थिति छ।

थप रूपमा, कर्मचारीको अभाव र पूर्वाधार जीर्ण हुँदा सेवा लिन पुगेका किसानहरू निराश भएर फर्किन बाध्य भएका छन्।

भवन जीर्ण रहेको र नयाँ भवन हालसम्म सम्पन्न नहुदा रुख मुनिबाटै कार्यालय सन्चालनमा रहेको उक्त कार्यालयका लाइभस्टक छैठो अधिकृत बिरेन्द्र कुमार यादब बताउँछन्।

उनले ५ महिनादेखी तलब समेत नपाएको दुखेसो पोखे। सिरहा औरहिका किसान हरि नारायण यादबले जहिले आएपनि अस्पतालको हालत उस्तै रहेको बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...