News Portal

तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

हिमालीसंचार संवाददाता
२४९ पटक

तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव मन्दिर ओझेलमा परेको छ।

सदरमुकाम दमौलीबाट कलेस्ती हुँदै १६ किलोमिटर दूरीमा अवस्थित उक्त ठाउँ प्रचारप्रसार अभावमा ओझेलमा परेको हो। यहाँ हरिबोधनी एकादशी र शिवरात्रिको बेला विशेष मेला लाग्ने गर्दछ।

स्थानीय बसुन्धरा घर्तीले यस ठाउँलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउन सरोकार भएका निकायसहित स्थानीयवासीले पहल गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘धेरै वर्ष पहिला यो मन्दिर पत्ता लागेको हो। यसको विशेष महत्व छ। यसको संरक्षण र प्रवर्द्धन गर्न सके यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ। यसको प्रचारप्रसार गर्दै यहाँ पूर्वाधार निर्माणतर्फ स्थानीय तहले पनि चासो दिनुपर्छ।’

सदरमुकाम नजिकै रहेर पनि यस ठाउँको सोचे अनुरुपको विकास हुन नसकेको राजापानी सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष बलबहादुर भुजेलले बताए।

मन्दिरमा भाकल (कामना) गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको समितिका अध्यक्ष होमबहादुर गोदारले बताए। उनले भने, ‘मन्दिरको प्रचारप्रसारका लागि हामी क्रियाशील छौँ। यसको प्रवर्द्धनका लागि स्थानीय तहलाई पनि अनुरोध गरेका छौँ।’

उनका अनुसार दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेऊ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ।

कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाउँमा शिलाबाट दूध आएको देखि भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाउँमा लैजादै गर्दा उनी बिरामी भई सो शिला त्यही ठाउँमा छाडेर गएपछि हेर्दा शिला पुन: पहिले उठाएकै ठाउँमा भेटिएको भन्ने किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।

प्रतिकृया दिनुहोस्

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...