आज : २०२६-०६-२९, सोमबार

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसदिन चाँदीको मूल्य भने घटेको छ। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो।