News Portal

सरकारमा बसेर सडकबाट जागरण अभियान

कमला थापा
५७२ पटक

जनतामा भ्रम फैलाउने, कार्यकर्तालाई दास सम्झिने, राजनैतिक दलहरुले जागरण अभियानका नाउंमा भिडन्त निम्त्याउदै छन्। नेपाली कांग्रेस र एमालेको संयुक्त हुने भनेको कार्यक्रम कांग्रेसले ७ गते दुर्गा प्रसाईको कार्यक्रमसंग जुधाउन नमानेपछी मसिंर ७ गते प्रधानमन्त्री केपि शर्मा ओलिले एमालेले एक्लै यूवा संघ उतार्दै छ। एक लाख यूवा निकाल्ने धक्कु दिनेले देशमा रोजगारीको ब्यबस्था गर्न किन सकेन ? सरकार त्यसैले सरकार स्वयम अराजकता सिर्जना गर्न खोज्दैछ।‌ ०८० मंसिर ७ गते दुर्गा प्रसाईको कार्यक्रम बिथोल्न यूवा संघलाई उतारेका थिए। अहिले पनि मंसिर ७ गते हुन लागेको राष्ट्र, राष्टि्यता, धर्म, संस्कृति तथा नागरिक बचाउ महां- अभियानको आन्दोलन तुहाउने षड्यन्त्रमा प्रधानमन्त्री स्वयंम उत्रेका छन्। त्यो भिडन्तबाट हुन सक्ने अप्रिय दुर्घटनाको जिम्मेवारी कस्ले लिने ? त्यस्को जिम्मेवार स्वयम सरकार हुनेछ। त्यतिबेला ओलीजी सरकारमा बसिरहन मिल्ला ?

“०४७ को संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै यो देशको आबस्यक्ता हो भन्ने निष्कर्षमा जनता पुगिसकेका छन्। वार्ताका लागि तयार भए हुन्छ। अन्यथा जनताहरु आफै सडकबाट निर्णयमा पुग्ने छन्।”

यो गणतन्त्र असफल भैसकेको उदघोष अस्ति प्रधानमन्त्री केपि ओलि ले गरिसक्नु भयको छ। एउटा सानो कार्यक्रममा उहाँले भन्नुभयो ” जनतामा यो ब्यबस्था प्रति निकै असन्तोष बढेको पायं, यदि यो ब्यबस्था हुदैन भने अर्को कुन ब्यबस्था ल्याउने, ल बार्ता गरौं न त” भन्नुभयो बार्ता कहां गर्ने ? को संग गर्ने ? राजनैतिक दल र सरकार तयार रहे हुन्छ। अब धेरै ज्ञापनपत्रहरु आउदैछन्। यो ब्यबस्था त फ्यांक्नै हो। ०४७ को संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै यो देशको आबस्यक्ता हो भन्ने निष्कर्षमा जनता पुगिसकेका छन्। वार्ताका लागि तयार भए हुन्छ। अन्यथा जनताहरु आफै सडकबाट निर्णयमा पुग्ने छन्।

“नागरिक अभियन्ता दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपि शर्मा ओलिले कम्बोडियाको टेलिकममा लगानि गरेको २१ करोड US डलर नेपाली ३२ अर्बको प्रमाण सहित खुलासा गरेका छन्। त्यसको हैन भन्ने जवाफ प्रधानमन्त्रीले कसरि पेश गर्नु हुन्छ ? त्यो पनि उखान टुक्का मै दिनुहुन्छ होला ? यस्तो आरोपको छानविन नभएसम्म प्रधानमन्त्रीलाई पदमा रहिरहन मिल्छ ? राष्ट्रपतिको ध्यानाकर्षण हुनुपर्दैन र ?”

सत्तामा बसेर देश र जनताको लागि केही नगर्ने, सत्ता टिकाउनको लागि सडक कब्जा गर्ने ? जनताले आफ्नो माग कहां राख्ने ? सुनिदैछ अहिले सबै पार्टिहरु आन्दोलनमै उत्रदै छन्। केका लागि के भ्रष्टाचारलाई अझै बढावा दिदैं देश लुट्न पाउनु पर्छ। यो देश हाम्रो बपौती हो, यहां हामिले मात्र राज गर्न पाउनु पर्छ भन्ने हो ? भ्रष्टाचार र भ्रष्टाचारी, माफियाहरु त पालेकै छन्। बिकासका नाउंमा ब्यक्ति, आफन्तको बिकाश भयकै छ। मर्ने मार्ने त जनतालाई नै हो। जुन कुरा जनतामा प्रमाणित भैसकेकै छ। अब देखाउन खोजेको के हो ? सहकारी ठगी गर्ने देखी, भ्रष्टाचारमा ख्यातिप्राप्त गर्ने सम्मले छानविनमा अबरोध पुर्याउँदै सांसदहरु स्वयम सडकमै नारावाजीमा उत्रिएकै छन्। न्यायमा अबरोध पुर्याउनेलाई सरकार केही गर्न सक्दैन। तर सत्ता टिकाउनको लागि स्वयम् सडकमा कार्यकर्ता उतार्ने यो कस्तो ब्यबस्था हो ?

हिजो नागरिक अभियन्ता दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपि शर्मा ओलिले कम्बोडियाको टेलिकममा लगानि गरेको २१ करोड US डलर नेपाली ३२ अर्बको प्रमाण सहित खुलासा गरेका छन्। त्यसको हैन भन्ने जवाफ प्रधानमन्त्रीले कसरि पेश गर्नु हुन्छ ? त्यो पनि उखान टुक्का मै दिनुहुन्छ होला ? यस्तो आरोपको छानविन नभएसम्म प्रधानमन्त्रीलाई पदमा रहिरहन मिल्छ ? राष्ट्रपतिको ध्यानाकर्षण हुनुपर्दैन र ? अब संसदमा पनि प्रधानमन्त्रीले पर्दैन र ? ” प्रधानमन्त्री भन्छन् ” एउटा केटो म कहाँ जागिर लगाईदेउ भनेर आएको थियो, उ त त्यस्तो पो रहेछ ” अब त्यहि शैलीमा जवाफ दिएर पुग्ला ! अब त्यति सजिलो छैन होला जति झुक्याउनु थियो। झुक्याई सक्नुभयो। अब जनता झुक्किने वाला छैनन्। यसै कुरालाई लिएर दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी खटाईसकेको कुरा आयको थियो। यति लेखुन्जेल पक्रिसकेको कुरा आयो। हेरौं जनतालाई कति धरपकड गर्ने हो। सिधा सादा जनताले कति कष्ट व्यहोर्नुपर्ने हो। पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...