News Portal

श्रीमतीले गरिन् श्रीमानको हत्या

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौं। रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन्। चौरजहारी नगरपालिका-२ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहान करिब साढे २ बजेतिर दिपाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ।

आमाले चिर्पटले टाउकोमा हानेपछि बुबाको मृत्यु भएको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए।

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ।

मृतकको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...