News Portal

ठगिए सन्ध्या ओभरसिजबाट मलेसिया पुगेका जयराम धामी

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका–१० का जयराम धामीले आफू वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताएका छन्।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू सन्ध्या ओभरसिजबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा ११ महिनामै फर्किनु परेको बताए।

२ वर्षको करारमा मलेसिया गएकोमा कम्पनीले ११ महिनामै फर्कादिँदा पनि आफूले क्षतिपूर्ति नपाएको बताए।

मलेसिया गएको ८ महिनापछि कम्पनीले स्यालरी कट्टा गर्न थालेपछि आफूले नेपाली राजदूतावासमा उजुरी गरेको र उजुरी गरेकै कारण आफूलाई कम्पनीले नेपाल फिर्ता पठाइदिएको उनले बताए।

उनले आफूलाई कम्पनीले बीचमै नेपाल फिर्ता पठाएपनि सन्ध्या ओभरसिजले कुनै क्षतिपूर्ति नदिएको बताए।

उनले आफूलाई साढे ३ लाख रुपैयाँ हानी नोक्सानी भएकाले उक्त रकम सन्ध्या ओभरसिजले दिनुपर्ने माग राखे। आफूलाई वैदेशिक रोजगार विभागले पनि सहयोग नगरेको उनले सुनाए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...