News Portal

ठगिए सन्ध्या ओभरसिजबाट मलेसिया पुगेका जयराम धामी

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका–१० का जयराम धामीले आफू वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताएका छन्।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू सन्ध्या ओभरसिजबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएकोमा ११ महिनामै फर्किनु परेको बताए।

२ वर्षको करारमा मलेसिया गएकोमा कम्पनीले ११ महिनामै फर्कादिँदा पनि आफूले क्षतिपूर्ति नपाएको बताए।

मलेसिया गएको ८ महिनापछि कम्पनीले स्यालरी कट्टा गर्न थालेपछि आफूले नेपाली राजदूतावासमा उजुरी गरेको र उजुरी गरेकै कारण आफूलाई कम्पनीले नेपाल फिर्ता पठाइदिएको उनले बताए।

उनले आफूलाई कम्पनीले बीचमै नेपाल फिर्ता पठाएपनि सन्ध्या ओभरसिजले कुनै क्षतिपूर्ति नदिएको बताए।

उनले आफूलाई साढे ३ लाख रुपैयाँ हानी नोक्सानी भएकाले उक्त रकम सन्ध्या ओभरसिजले दिनुपर्ने माग राखे। आफूलाई वैदेशिक रोजगार विभागले पनि सहयोग नगरेको उनले सुनाए।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...