News Portal

मर्दीमा सम्पर्कविहीन तामाङको शव भेटियाे

समिर कुमार अधिकारी (द्रुपद)
४४६ पटक
२७ कार्तिक २०८१ मंगलबार

काठमाडौं। मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा ५ सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता हुनुभएको थियो।

मङ्गलबार बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास भएको थियो। गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले तामाङको शव अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को सीमातिर देखिएको र निकाल्न नसकिएको जानकारी दिनुभयो।

“आरोहणका क्रममा बाटोबाट तल खसेको देखिएपछि हेलिकोप्टर घटनास्थलभन्दा केही पर ल्यान्ड गरी शव निकाल्ने प्रयास भयो’’, आचार्यले भन्नुभयो, “शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न सकिएन।” शव निकाल्न भएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको छ।

बुधबार फेरि शव निकाल्ने प्रयास गरिने उहाँले बताउनुभयो। काठमाडौंको सनराइज कम्पनीमा मुख्य पथ प्रदर्शकका रुपमा कार्यरत ६२ वर्षीय तामाङ १ नर्वेली नागरिक र ४ नेपाली लिएर मर्दी आरोहणमा जानुभएको थियो।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...