नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिमा आन्तिरिक लोकतन्त्र कमजोर भएको कुरा धेरै अगाडिदेखि उठाउदै आएको हो। तर आजसम्म पनि वर्तमान पार्टि नेतृत्व सुधारको पक्षमा देखिएन। जिल्ला, जिल्लाका बिबाददेखी आन्तरिक लेनदेनका बिषयमा पार्टि मौन रहेको छ। पार्टिलाई चाहिएको छ, भने केवल सत्ता, सरकार र आफन्तलाई कहाँ कहाँ भर्ति गर्ने ठाउँ खाली छ ? यति सोच र ०८४ को निर्वाचन कसरी हात लगाउने, भन्दा अर्को देखिदैन। एउटा निर्वाचनमा लिएको पैसा दुईओटा निर्वाचन सकिसक्दा पनि नतिर्ने। केन्द्रिय सदस्य, नेताहरुले भन्दा म कहाँबाट दिने, भन्ने जवाफ फर्काउने यहि हो पार्टि ? यस्ता हुन्छन् नेता, पार्टिले लिएको पैसा पार्टिको कोषबाट तिर्ने हो। त्यो पनि ऋण दिनेले नै भन्नु पर्ने ? तिन/चार दिनमा बोलाउछु भनेर १० बर्ष बितिसक्दा पनि अझै कहाँबाट दिने रे ? पार्टिको कोष भनेको कार्यकर्ताहरुको सदस्यता र लेबिबाट उठेको पैसा हो। शेरबहादुर देउवाले भ्रष्टाचार गरेर आर्जेको र तपाईको बपौती होईन। त्यस्तो जवाफ दिन लाज लागेन ? कहिले हाम्रो सरकार छैन त कहिले अलिक दिन पर्ख न भन्दै आज १० बर्ष बित्यो। तर त्यो ३/४ दिन कहिले आएन। यसरी अझै ०८४ को निर्वाचन जितुंला भन्ने सोच छ ? देश लुट्ने, भ्रष्टाचार गर्ने, अनी के कार्यकर्तालाई पनि लुट्ने ? हेर्नुहोस् शेरबहादुर देउवाको चरित्र।
“कांग्रेसको १३औं महाधिवेशनदेखि ओरालो लागेको आन्तरिक लोकतन्त्र अहिले त समाप्तिको अबस्थामा नै पुगेको छ। डन, धन र माफियाले सजिएको पार्टि भित्र राम्रा नेता, कार्यकर्ताको केही सुनुवाहि हुदैन। यदि हुन्छ भने केवल श्रीमतीको, यस्तो प्रजातान्त्रिक पार्टि हुन्छ ? यिनिहरुले महामानव वीपी कोइरालाको नाम लिनु भनेको विपीको बदनाम गर्नु हो।”
संवैधानिक अंगका पदहरु सबै बिक्रिमा छन्। यो हामिले मात्र भनिरहेका छैनौं। सारा सन्चार जगत देखि बुद्धिजिवीहरु सबैले बोलिरहेका छन्। त्यतिमात्र हैन, सांसदहरु स्वयमले भनिरहेको कुरा हो। र अब त धेरै बासी पनि भैसक्यो। नेपाली कांग्रेसको १३औं महाधिवेशनदेखि ओरालो लागेको आन्तरिक लोकतन्त्र अहिले त समाप्तिको अबस्थामा नै पुगेको छ। डन, धन र माफियाले सजिएको पार्टि भित्र राम्रा नेता, कार्यकर्ताको केही सुनुवाहि हुदैन। यदि हुन्छ भने केवल श्रीमतीको, यस्तो प्रजातान्त्रिक पार्टि हुन्छ ? यिनिहरुले महामानव वीपी कोइरालाको नाम लिनु भनेको विपीको बदनाम गर्नु हो।
प्रतिपक्ष बिहिन दुई ठुला पार्टिको सरकारको लुटतन्त्र मौलाएको छ। सरकारी अड्डाहरुमा सेवाग्राहीहरुको काम हुदैन। पहिला पहिला टेवल मुनिबाट घुस चल्थ्यो, भने आहिले खुलेआम टेवल माथिबाट चल्छ। आम नागरिकले बिधुत महसुल तिर्न ३ महिना ढिला हूँदा लाईन काटिन्छ। तर उच्च घराना मारवाडीहरुले बर्षौ अरवौं रकम नतिर्दा प्राधिकरणले लाईन काटन पाउदैन प्रधानमन्त्री भयको भोलिपल्ट लाईन जोडिदिने दवाब आउछ। हिजो मात्र रातारात मन्त्रीपरिषदको बैठकले पास गर्यो। तुरुन्त लाईन छोडिदिनु भन्ने, यो नितिगत भ्रष्टाचार नभए के हो ? यसरी कानून बनाएर भ्रष्टाचार गर्दै आएको धेरै भयो। जनताले बोल्न नपाउने ? संघलगायत मन्त्री प्रदेशका मन्त्रीहरुको कति राम्रो ब्यापार मौलाएको छ। भर्खरैमात्र कोशी प्रदेश एमालेका नेता तथा आन्तरिक मामिला तथा कानून मन्त्रीले मानव तस्करीमा ख्याति प्राप्त गरे। मानव लिएर जादां जापान एरपोर्टमा १३ घण्टा उभ्याईयो। नेपालका नेता, मन्त्रीहरुले राखेको देशको “सान” यहि होला ! संघिय मन्त्रीमण्डल त्यस्तै छ। भूटानी शरणार्थीदेखी बालमन्दिर, लैनचौरको जग्गादेखी, गिरिबन्धु टी स्टेट् नाम लिएर साध्यै छैन। तिनका घोटालाका मालिकहरु सबै पुरस्कृत भएर, मन्त्री भएका छन्। तर पार्टीले लियको ब्यक्तिको पैसा तिर्दैनन्। यस्लाई के भन्ने ? अलिकति सरम गर्नुहोस् सभापतिज्यू।
“वैदेशिक ऋण मात्र ९४ अर्व पुगिसक्यो, कर्मचारीलाई तलव खुवाउन समेत ऋण मै आधारित भएको अबस्था छ। देशमा उत्पादनदेखी ब्यापार ब्यबसाय ठप्प भएको छ। तर पनि नेताहरुको आम्दानी भने बढोत्तरी भएको छ। सहकारीदेखी बैंक, लघुवित्तले जनता मारी सक्यो। पुरा संसद नै बिटुलो भएको छ। तर नेताहरु आफुलाई लोकतन्त्र र गणतन्त्रको मसिहा ठान्छन्। यस्तो गणतन्त्र कस्का लागि हो ? कारवाही कोसैलाई हुदैन आ-आफ्ना पार्टिले बचाउने काम गर्छ। त्यो पनि केवल नेताका मान्छे मात्र।”
देश पुर्ण गरिविको रेखामुनी पुगिसक्यो। देशको अर्थतन्त्रले मूलुक धान्ने अबस्था छैन। यो ४/५ महिनामा वैदेशिक ऋण मात्र ९४ अर्व पुगिसक्यो, कर्मचारीलाई तलव खुवाउन समेत ऋण मै आधारित भएको अबस्था छ। देशमा उत्पादनदेखी ब्यापार ब्यबसाय ठप्प भएको छ। तर पनि नेताहरुको आम्दानी भने बढोत्तरी भएको छ। सहकारीदेखी बैंक, लघुवित्तले जनता मारी सक्यो। पुरा संसद नै बिटुलो भएको छ। तर नेताहरु आफुलाई लोकतन्त्र र गणतन्त्रको मसिहा ठान्छन्। यस्तो गणतन्त्र कस्का लागि हो ? कारवाही कोसैलाई हुदैन आ-आफ्ना पार्टिले बचाउने काम गर्छ। त्यो पनि केवल नेताका मान्छे मात्र। विपी पुत्रहरू नेतृत्वको यो तानाशाही प्रवृत्ति, चरित्र कति सहेर बस्नुहुन्छ ? यस बिषयमा डा. शशांक कहिले बोलेको सुनिदैन पहिला मैले भनेको कुरा स्मरण गर्नुहोस यो पार्टि बिग्रियो भने ईतिहासमा कलंक पहिला तपाईहरुलाई लाग्ने छ। किनकी यो विपी कोईरालाको कठिन योगदानले बनेको पार्टि हो।
जनताको हालत बिहान खाए बेलुका के खाउँ, भन्ने अबस्थामा पुगिसक्यो। सरकार, पार्टिका नेताहरुलाई झण्डा फर्फराउँदै सिंहदरबार जान लाज लागेन, अब जनताले सडकमा घिसारेर लखेट्ने दिन नजिक आईसक्यो। यहि अबस्थालाई कोइराला पुत्रहरु अझै टुलुटुलु हेरेर बस्ने ? कोईरालाहरु जाग्नु होस्। यो तपाईहरुको पुर्खाले खडा गरेको पार्टि हो। यदि तपाईहरु भ्रष्ट नेतृत्वको अत्याचारलाई टुलुटुलु हेरेर बस्नुभयो भने कृष्ण प्रसाद कोइराला र विपीको पाप लाग्ने छ। भोली नेपाली कांग्रेस समाप्तिको अबस्थामा पुग्दा ताली बजाउने अरु होईन नेपाली कांग्रेसकै कार्यकर्ता नहोलान् भन्न सकिन्न। किनभनें ति हिजोका दिनमा मकै, भट्मास चपाउदै संगठनका लागि जिल्लाका गोरेटो नापेका कार्यकर्ता तपाईहरुको साथमा हुने छैनन्। अहिले जो वरिपरि देखिएकाले पनि साथ छोड्ने छन्। हेलिकोप्टर चढेर पिडित जनतालाई राहत बाड्न पुगेका अवसरबादी कार्यकर्ताले नेपाली कांग्रेस जोगाउन सक्ला ?
“०६२/६३को आन्दोलनमा गिरिजाबाबुले भन्नु भएको दिदि फलानो, फलानो क्याम्पसमा यति यति दिनुहोस रे म गिरिजा बाबुलाई फोन दिउँ भनेर एकाबिहानै फोन गर्ने अहिलेको एक नम्बरको यूवा महामन्त्री किन पार्टिको साथिलाई यति ठुलो अन्याय पर्दा बोल्नु हुन्न ? की तपाई पनि बुढानिलकण्ठ क्याम्प, भाउजुसंग बिकी सक्नुभयो ?”
आन्तरिक लोकतन्त्रदेखी पार्टिले खाएको ऋण आज १०/१० बर्षसम्म नतिर्ने पार्टिको भनेर चुनावमा जनताले सोध्दा के जवाफ दिन्छ कांग्रेसले ? अहिले त जुनसुकै पार्टिका नेताहरु देशविदेश जहाँ गएपनी कालो झण्डा, मुर्दावादको नारा र जुत्ताको मालाले स्वागत गर्न थालिसके भोली ०८४ को चुनावमा जनतामाझ जांदा के हालत होला ? त्यसैले नेपाली कांग्रेसले भ्रष्टाचारलाई सदाचार सम्झिने भन्दा कार्यकर्तासंग लिएको पैसा फिर्ता गर्ने र आफ्नो संगठनमा विषेश ध्यान दिनजरुरी छ। नेताले गरेको गल्ति, लिएको ऋण नतिरेको बिषयमा यूवा पदाधिकारीहरु किन बोल्दैनन् ? हिजो ०६२/६३को आन्दोलनमा गिरिजा बाबुले भन्नु भएको दिदि फलानो, फलानो क्याम्पसमा यति यति दिनुहोस रे म गिरिजाबाबुलाई फोन दिउँ भनेर एकाबिहानै फोन गर्ने अहिलेको एक नम्बरको यूवा महामन्त्री किन पार्टिको साथिलाई यति ठुलो अन्याय पर्दा बोल्नु हुन्न ? की तपाई पनि बुढानिलकण्ठ क्याम्प, भाउजुसंग बिकी सक्नुभयो ? यो तपाईलाई बिषेश मेरो प्रश्न हो, बुझ्नुभयो होला नी ? तपाई त फोन उठाउनु हुंदैन। पठाएका समाचार पनि हेर्नुहुन्न्। तर त्यो नसोच्नुहोस्। तपाईले नहेर्दैमा अरुको आंखा पनि बन्द हुन्छ भनेर। त्यसैले बिषेश ध्यान जाओस्। कार्यकर्ताको पैसा खान पाईदैन छिटो फिर्ता गरियोस्। नेपाली कांग्रेस सभापतिकाे बिषेश ध्यानाकर्षण होस्। बांकी नेताले बुझुन्। पशुपतिनाथले सद्बुद्धि दिउँन। जय नेपाल।