आज : २०२६-०६-२७, शनिबार

प्रतितोलामा २४ सयले घट्याे सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ छ।