News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रंगेली अस्पतालमा रक्तअल्पताकाे बिरामी बढ्दै

    हिमालीसंचार संवाददाता
    १४० पटक

    मोरङ। माेरङकाे रंगेली अस्पतालमा केही महिनायता बिरामीको चाप बढेसंगै बिरामीहरुकाे रगत परिक्षण गर्दे उनिहरुमा रक्तअल्पता (शरिरमा ब्लड कमि) हुने समस्यामा देखिन थालेको छ।

    रंगेली अस्पताल उपचार गराउन रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका, कानेपाेखरी नगरपालिका तथा भारतका सिमा क्षेत्रहरुबाट उपचारका लागि रंगेली अस्पतालमा बिरामीहरु उपचारका लागि आउने गरेका छन।

    बिगतका दिनहरुमा दैनिकी १ सय देखि २ सय बिरामीहरु उपचारका लागि आउने गरेतापनि अहिले अस्पतालमा सबै प्रकारकाे राेग विषेशज्ञ डाक्टरहरुले सेवा दिन थालेपछि अहिले दैनिकी ५ सय देखि ६ सय सम्म बिरामीहरुले सेवा समेत पाउदै आईरहेका छन।

    अस्पतालमा ज्वराे, रुधाखाेकी लगायतकाे बिरामीहरु उपचार गराउन आउने र उनिहरुकाे रक्त परिक्षणगर्दे अधिकान्स बिरामीहरुमा  रक्तअल्पताकाे कमि भएको फेलापरेकाे डाक्टरहरुले बताए।

    यसरी महिलाहरु भन्दा पुरुषहरुकाे शरिरमा रगतकाे मात्रा कमि भएको देखिन थालेपछि डाक्टरहरु समेत अचम्मित भएका छन। डाक्टरहरुका अनुसार दैनिकी धेरै जसाेकाे शरिरमा रगतकाे कमिहुने समस्या दिनप्रतिदिन बढीरहेकाे र महिलाहरुमा बढी मात्रामा रक्तअल्पता देखापर्ने भएतापनि पुरुषहरुकाे संख्या बढीरहेको र ३० बर्षदेखी ७० बर्ष सम्मका पुरुषहरुमा रक्तअल्पता बढ्दै गइरहेको छ।

    महिलाहरुकाे प्रत्येक महिनामा महिनाबारी हुने भएकोले उनिहरुमा रक्तअल्पताकाे संख्या बढी देखापर्ने स्वाभिक रहेको भएतापनि महिलाहरुकाे तुलनामा पुरुषमा यस्तो समस्य बढ्दै गएकाे रंगेली अस्पतालका मेडिकल अधिकृत डाक्टर सद्घाम हुसेनले बताए।

    शरीर स्वास्थ भएको ब्यक्तिहरुकाे शरिरमा समेत व्लडकाे कमिहुने गरेको र रगत कमि भएका व्यक्तिहरुले खानपिनमा हरियाे सागसब्जी, फलफुल, फर्सी र फर्गेसिडागुडी तथा पाेषिलाे खानेकुरामा आईरनकाे मात्रा बढी प्राप्त खानेकुरामा बढी ध्यान दिनुपर्ने रंगेली अस्पतालका ल्याव टेक्निसन सन्जय अधिकारीले बताए।

    अहिले अस्पतालमा व्लडकाे धेरै कमि भईरेकाे भएतापनि आफुहरु धेरै युवाहरुलाई आग्रह गरेर व्लडकाे कमि हुन नदिएता पनि बिरामीका आफन्तहरुलाई व्लडकाे व्यवस्था गरिदिन धेरै आग्रह गर्छौ तर उनिहरुले आफ्नो विभिन्न बाहाना बनाएर व्लड न‌ै नदिने गरेकाे हुनाले आफुहरुलाई धेरै समस्या पर्ने गरेको व्लड बैकका ईन्चार्ज सुर्य कुमार मंण्डलले बताए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...