News Portal

लिलाबल्लभ अधिकारीले चाह्यो भने लाइन लगाएर धेरै मान्छे बेच्दिन सक्छ !

दोषी ठहर भए जेल जानुपर्छ मैले। म जान्न भनेर धर पाउँछु र ?

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं। कोशी प्रदेशमा निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

शुक्रबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त घटना थाहा पाएपछि प्रहरीलाई आफैंले सूचना दिएको बताए।

सो घटनामा छानविनले दोषी ठहर्याए आफू जेल जान तयार रहेको पनि उनले बताए। ‘दोषी ठहर भए जेल जानुपर्छ मैले। म जान्न भनेर धर पाउँछु र ?’ उनले भने।

जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले राजधानीबाहिर मन्त्रीहरु जाँदा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरि आचारसंहिता बनाएको छ।

विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्राबधान छ। त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा गएको र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएको समाचार बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनीसँगै जापान पुगेका ६ जना हाल प्रहरीको हिरासतमा छन्।

निर्वतमान मन्त्री अधिकारीले आफूले घटनाको छानविनमा सहयोग पुर्याउन पदबाट राजीनामा दिएको बताए। उनले आफूले मानव तस्करी गर्नै चाहेमा नुवाकोट, धादिङ, रसुवातिरका मान्छे खोज्न नपर्ने बताए।

आफूलाई निर्वाचन क्षेत्रका जनताले त्यतिधेरै विश्वास गर्ने बताउँदै उनले आफूले चाहेको खण्डमा लाइन लगाएर मान्छे बेच्दिन सक्ने बताए। ‘लिलाभल्लब अधिकारीले चाह्यो भने लाइन लगाएर धेरै मान्छे बेच्दिन सक्छ। मलाई मेरो क्षेत्रमा त्यतिधेरै विश्वास गर्छन्। म दुई-दुई चोटी दोहोर्याएर जितेको सांसद हुँ,’– उनले भने।

साथै, आफू मानव तस्करको विरुद्धमा वकालत गर्ने मान्छे रहेको पनि उनले बताए। आफूलाई नै मानव तस्करको नाइके बनाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

मानव तस्करहरुको विरुद्धमा वकालत गर्ने मान्छे हुँ म। मानव तस्करको विरुद्धमा उभिने मान्छे हुँ म। जो मान्छे मानव तस्करको विरुद्धमा छ, जो मान्छेले मानव तस्कारको सूचना दियो, जसले अनुसन्धानको दायरामा ल्यायो, उसलाई तस्कर बनाइदिने ? आक्रोश व्यक्त गर्दैै उनले भने।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...