News Portal

पोर्चुगलमा दोलखाका एक युवकको निसासिएर मृत्यु

हिमालीसंचार संवाददाता
३०९ पटक

लिस्बन। पोर्चुगलमा निसासिएर एक नेपाली युवकको मृत्यु भएको छ। दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो।

कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठको निसासिएर मृत्यु भएको बताइएको छ।

आर्थिक अभावका कारण परिवारले उनको शवसमेत देख्न पाएको छैन। आर्थिक अभावका शव नेपालमा ल्याउन समस्या भएको मामा मुक्तलाल श्रेष्ठले बताए।

‘विदेशमा रहेका नेपालीहरू र विभिन्न संघ संस्थाहरूको सहयोगमा चन्दा सङ्कलनको काम भइरहेको जानकारी पाएको छौ तर कति उठ्यो के उठ्यो कसले उठाई रहेको छ हामीलाई थाहा छैन’ उनले भने।

विदेशबाट शव फिर्ता ल्याउने तयारी भइरहेको तर आर्थिक र अन्य प्रक्रिया पूरा नभएका कारण शव नेपाल ल्याउन समस्या भएको परिवारको भनाई रहेको छ।

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...