News Portal

पोखरामा अवतरण हुँदै चीनको सिचुवान एअरलाइन्स, को–को आउँदैछन् ?

हिमालीसंचार संवाददाता
३७० पटक

कास्की। चीनको सिचुवान एअरलाइन्सले १७ महिनापछि आज पोखारा क्षेत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्दैछ।

सिचुवान एअरलाइन्सको जहाज १३४ यात्रुसहित आज पोखरामा चार्टर्ड अवतरण गर्न लागेको हो।

नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति बोकेर उक्त जहाज पोखरा आउन लागेका हुन्।

चीनको कुनमिङ विमानस्थलबाट आउने एअर बस ३१९ विमान आज दिउँसो २ बजेर ४० मिनेटमा पोखरामा अवतरण गर्नेछ। पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा जहाज काठमाडौं हुँदै चीनको छेन्दु फर्किनेछ।

उक्त जहाज काठमाडौं आउँदा भने खालि नै उड्नेछ। प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो।

पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो।

सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए। यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा ४ पटक गरी अहिलेसम्म ५ चार्टर्ड र १ व्यावसायिक उडान भएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...