News Portal

उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३९२ पटक

दिल्ली। भारतको उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

रामनगर जाँदै गरेको बस मार्चुला क्षेत्रको साल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको हो। गीतजागीर नदी किनारमा बस खस्दा कम्तीमा ३० जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

एनडीटीभीले जिल्ला अधिकारीलाई उद्धृत गर्दै मृतकको संख्या ३६ पुगेको जनाएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

४५ भन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ। प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् , ‘अल्मोडा जिल्लाको मार्चुलामा भएको दुर्भाग्यपूर्ण बस दुर्घटनामा परी ज्यान गुमाउनेको बारेमा दुःखद खबर प्राप्त भएको छ। राहत र उद्धार कार्य छिटो गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ।’

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौरी र अल्मोडाका क्षेत्रीय यातायात अधिकारीहरू (एआरटीओ)लाई निलम्बन गर्न निर्देशन दिएका छन्।

साथै, मृतकका परिवारलाई ४ लाख र घाइतेलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...