News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गणतन्त्रले रित्याएको देश

    कमला थापा
    २४८ पटक

    हाम्रा पूर्वजहरुले त्यसै भनेका रैनछन्। जनता विनाको देश र परिवारमा अभिभावक विनाको घर, घर जस्तो हुदैन।‌ स्थायी सम्रक्षक देशमा होस्। परिवारले भरिएको शान्ति प्रिय घर होस्। तव मात्र देश, देश जस्तो र घर, घर जस्तो हुन्छ। अन्यथा त्यो भूत वंगला भन्दा कम हुँदैन। आज हाम्रो देशको हालत यस्तै भएको छ। देशमा जनता छैनन्। गाउँ घर उजाड लाग्दो छ। परिवारहरु एक्लिएका छन। डांडा माथिका जुन सरि भएका, जिवनको उत्तरार्द्धमा पुगिसकेका अभिभावकहरु एक्लिएका छन। बाबु आमा, आफ्नो परिवारसंग बस्ने रहर कसलाई हुदैन। तर देशमा रोजगारी नपाउदा बिरानो देशको ५० डिग्री तापक्रममा काम गर्नु परेको पिडा तिनलाई भन्दा कसलाई थाहा होला ? यो गणतन्त्रले जनता पलायन गराएर नेता मोटाउने भ्रष्टाचार गरेर पार्टिका नेता मौलाउने काम बाहेक केही गरेको देखिएन।

    जव चाडवाड आउछ। छोराछोरी आउछन् की भनेर पर्खि बसेका ती अनाथसरी अबस्थामा पुगेका बुबा आमाहरुको कारुणिक पिडाले भरिएको गाउँ साच्चै बिरानो स्थिति छ। यो कस्ले बुझ्ने। छरछिमेकमा लास पर्दा उठाउने मान्छे, मलामी जाने मान्छे छैन। सामाजिक अभियन्ता दुर्गा प्रसाई, केशर बहादुर बिष्ट, डा. रत्न कमल बैद्यै लगायतका सबैले भन्ने गरेको शब्द म यहाँ सापट लिन्छु। पहिला, पहिला छरछिमेक आफन्त र परिवारले लास कुर्थे तर आजकल लासले छोरा र मलामी कुरेर बस्नु परेको छ। यो स्थिति त नेताहरु आफैले पनि भोगेका छन नी तर पनि तिनलाई चेतना आएन।

    “नेपाली कांग्रेसलाई दिएको ऋण पार्टिले १०/१० बर्षसम्म फिर्ता गर्दैन। सत्ता, सरकार र संसद उनिहरुकै छ। सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेललाई लाजपनि लागेन ? कांग्रेसको ईतर पक्षले आफ्नो जिम्मेवारी पनि संझिएन। यो पनि एक प्रकारको ठगी, भ्रष्टाचार होईन ? बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला जिल्लामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको खर्च भन्दै तत्कालिन सभापति सुशिल कोइरालाको निधन पछि १ करोड १२ लाख पार्टिबाट बुझेर लिए। तर पार्टिले लिएको १ करोड रुपैयाँ अहिलेसम्म दिएको छैन। के राष्ट्रपतिको यसमा जिम्मेवारी छैन ? हिजो निर्णय गर्दा त उहाँ पनि त हुनुहुन्थ्यो। यस्तो पार्टि हुन्छ ? नेपाली कांग्रेसले १० बर्षसम्मको ब्याज सहित छिटो फिर्ता गरोस, हैन भने पार्टि सक्किन तयार होस।”

     

    गणतन्त्रका लागि राजसंस्था फाल्यौ, एउटा राजाले दिएको सुबिधा भत्ता धेरै ठान्यौ। तर यो देखेनौं ! एउटा राजा हटाएर हजारौं राजा जन्मायौं। भ्रष्टाचरले देश खोक्रो बनायौं, नेताहरुनै माफिया पाल्ने भए। तर जनताले भोग्नुपरेको कारुणिक पिडाका बिषयमा लेख्न, बोल्न पाइदैन, त्यस्तो व्यवस्था पो ल्याए छौं। अब जनता सडकमा ओर्लिसकेका छन्। थोरै साथ, सहयोग र हिम्मत राजा ज्ञानेन्द्र शाहले पनि देखाउने समय आयो। अब चुप लागेर बस्ने अबस्था छैन। अब पनि राजा मौन बसेको अबस्थामा राष्ट्रपिता पृथ्वीनारायण शाहले जोगाई दिएको मूलुक जोगिने अबस्थामा छैन। राष्ट्रका लागि थोरै शाहस, हिम्मत राजाको पनि आबस्यक छ। अन्यथा गणतन्त्र त सक्किनै सक्यो। देश जोगाउनु छ, त्यो राजसंस्थामा मात्र सम्भव छ। यो ब्यबस्थामा भ्रष्टाचारीलाई भ्रष्ट भन्न पाइदैन, ठगलाइ ठग र माफियालाइ माफिया भन्न पाइदैन। प्रहरीले छानबिन गर्न हिरासतमा लिन पाउदैन, आफ्ना समर्थकहरुको भिड जम्मा गरेर रिहाइको दवाव दिइन्छ। एकप्रकारले भन्नु पर्दा देश भिडतन्त्रमा परिणत भैसक्यो, यहाँ गुण्डा राज भएको छ।

    समाज यति नराम्रोसंग बिथोलिएको छ। एक आपसमा एकता छैन। सहयोगको भावनामा दरार आइसकेको छ। जो हिजो थियो आज छैन। अनेकतामा बदलिएको समाजमा सहयोग ऐचो, पैचो र सरपापट लिएर काम चलाउने चलन समाप्त भएको छ। किन भने कसैलाई सापट दिएको रकम फिर्तै आउदैन। यतिसम्मकी ब्यक्तिलाई दिएको मात्र होईन यहाँ त संस्था आफ्नो पार्टि “नेपाली कांग्रेसलाई दिएको ऋण पार्टिले १०/१० बर्षसम्म फिर्ता गर्दैन”। सत्ता, सरकार र संसद उनिहरुकै छ। सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेललाई लाजपनि लागेन ? कांग्रेसको ईतर पक्षले आफ्नो जिम्मेवारी पनि संझिएन। यो पनि एक प्रकारको ठगी, भ्रष्टाचार होईन ? बर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला जिल्लामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको खर्च भन्दै तत्कालिन सभापति सुशिल कोइरालाको निधन पछि १ करोड १२ लाख पार्टिबाट बुझेर लिए। तर पार्टिले लिएको १ करोड रुपैयाँ अहिलेसम्म दिएको छैन। के राष्ट्रपतिको यसमा जिम्मेवारी छैन ? हिजो निर्णय गर्दा त उहाँ पनि त हुनुहुन्थ्यो। यस्तो पार्टि हुन्छ ? नेपाली कांग्रेसले १० बर्षसम्मको ब्याज सहित छिटो फिर्ता गरोस, हैन भने पार्टि सक्किन तयार होस। साथिहरुसंग ऋण लिएर तत्कालीन सभापति सुशिल कोइरालाले निर्वाचन सफल गराए। प्रत्येक उमेदवारलाई १/१ लाख दिए आज तिनिहरु पनि एक शब्द बोल्दैनन्। नेपाली कांग्रेस यतिसम्म गैरजिम्मेवार पनि नबनोस्। जस्का कारण भोली आफैलाई क्षेति होस्। के सोच्दै छ कांग्रेस ? की पिडितलाई के मुद्धा लगाएर जेल हालौ भनेर तानावाना बुन्दै छ ? यो मेरो सुझाव सहित चेतावनी हो।

    “राजनैतिक दलहरु, सरकार एक आपसमा न त मेल छ ! यदि छ भने मात्र “झेल” छ। प्रधानमन्त्री स्वयंले पदमा बसेर खुलेआम पार्टिका नाममा १ अर्वको जमिन दानमा बक्स पाएको भनेर भ्रष्टाचार गर्ने। प्रतिपक्ष नेता प्रचण्ड भन्नुहुन्छ। भाटभटेनी मेरो हैन केपी ओली को भन्ने कुरा प्रष्ट भयो नी ? अब त मैले यस्मा जवाफ दिनुपर्दैन होला नी, भन्नुहन्छ। तर त्यतिमै कुरा कहाँ सिमित हुन्छ र, भाटभटेनीमा क-कसको लगानी छ, भन्ने कुरा त सायद अब बिस्तारै खुल्दै जानेनै छ। त्यसै कहाँ मुक्ति पाईन्छ र प्रचण्ड जी ! पुरा सिन त आउन बांकी नै होला। यतिमै केपी ओलीले तपाईलाई मुक्ति देलान ?”

     

    राजसंस्था हूंदा देशमा जनताको कति आन, मान र शान थियो। जिम्मेवारीपन, मित्र भावपूर्ण समाज थियो। आज राजनैतिक दलहरु, सरकार एक आपसमा न त मेल छ ! यदि छ भने मात्र “झेल” छ। प्रधानमन्त्री स्वयंले पदमा बसेर खुलेआम पार्टिका नाममा १ अर्वको जमिन दानमा बक्स पाएको भनेर भ्रष्टाचार गर्ने। प्रतिपक्ष नेता प्रचण्ड भन्नुहुन्छ। भाटभटेनी मेरो हैन केपी ओली को भन्ने कुरा प्रष्ट भयो नी ? अब त मैले यस्मा जवाफ दिनुपर्दैन होला नी, भन्नुहन्छ। तर त्यतिमै कुरा कहाँ सिमित हुन्छ र, भाटभटेनीमा क-कसको लगानी छ, भन्ने कुरा त सायद अब बिस्तारै खुल्दै जानेनै छ। त्यसै कहाँ मुक्ति पाईन्छ र प्रचण्ड जी ! पुरा सिन त आउन बांकी नै होला। यतिमै केपी ओलीले तपाईलाई मुक्ति देलान ?

    सरकारबाट बाहिरिनु परेको पिडामा हिजोदेखी माओवादि सडकमा ओर्लिएको छ। ४ बर्ष अगाडी पनि ओली सरकारको बिरुद्धमा तपाईहरु केहि पार्टि मिलेर हामी यहाँ छौ, भन्दै छातिमा प्ले कार्ड भिरेर माइतिघर मण्डलामा आन्दोलन गर्दै हुनुहुन्थ्यो। अहिले पनि! एकातिर अहिले नै सरकार ढलाउने चाहना छैन पनि भन्नुहुन्छ। अर्कोतिर हतियार बिसाएका मात्र हौं चलाउन बिर्सिएका छैनौं पनि भन्नुहुन्छ भने धम्की चाहिं कस्लाई हो ? उता चतुर प्रधानमन्त्रीको तुरुन्तै जवाफ आउछ। ओलीले जवाफ फर्काउन ढिलो गर्नु हुन्न, बासी राखेर जवाफ दिने ओली चरित्र भित्र पर्दैन। के देश यस्तै जुहारी, ठट्यौली, लुटेरा, ठग, तस्कर, बिचौलिया र माफियाले चलाउने ! अनी तपाईहरु सुशासनको कुरा गर्ने ? के यसरी नै देशलाई बन्धक बनाएर कतिन्जेल खानु होला ? सायद अब सजिलो छैन। यो कुरा अरुले भन्दा नेपाली कांग्रेसले छिटो बुझोस अन्यथा कम्निस्टहरुसंगै सति जान तयार होस। आगे प्रभूको मर्जी। पशुपतिनाथले सबैको रक्षा गरुन।
    जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...

    मन्त्री पाण्डेसँग सांसद बजगाईंले मागे माफी

    काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन्। सांसद बजगाईँले मन्त्री...

    एनआरएनए विवाद: घलेलाई केसी पक्षको असहयोग

    काठमाडौँ। सर्वोच्च अदालतको फैसला अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष...