News Portal

सशस्त्र प्रहरीका जवानले गरे आत्महत्या

हिमालीसंचार संवाददाता
३०२ पटक

दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमरबार बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए।

स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...