News Portal

असइ र इन्स्पेक्टरमा किन पर्‍यो न्यून आवेदन ?

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं। नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन्।

६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा २ हजार ३०५ आवेदन परेको छ भने २५६ जना असइका लागि १५ हजार ९२१ जनाको मात्र आवेदन परेको छ। यो संख्या अन्य सरकारी सेवाका भर्नामा आउने आवेदनको तुलनामा निकै न्यून हो।

गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा २ हजार ७९३ आवेदन परेका थिए भने २६० जना असइका लागि १९ हजार ९३२ जनाले आवेदन दिएका थिए। आवेदन दर घट्नुलाई सुरक्षा सेवातर्फको आकर्षणमा कमी आएको संकेत मान्न सकिन्छ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले सुरक्षा सेवामा आकर्षण घट्दै गएको बताउँछन्। उनी भन्छन्, ‘सुरक्षा सेवाको जागिर जोखिमपूर्ण र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरैले आकर्षण नदेखाएको जस्तो देखिन्छ।’

नयाँ पुस्तामा विदेशमा जाने मोह बढ्नु, प्रहरी सेवामा हुने कठिन ड्युटी, र न्यून सेवा-सुविधाका कारण पनि यो पेशा कम आकर्षक बनेको प्रहरी विभागको विगतका अध्ययनले देखाएका छन्।

नेपाल प्रहरीले आवेदन संख्या बढाउन विभिन्न उपाय अपनाए पनि, परिणाम प्रभावकारी हुन सकेको छैन। बरु, भर्ना भएकाहरूले पेन्सनको अवधि नपुग्दै जागिर छोड्ने प्रवृत्ति बढ्दै गएको छ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन दर देखिँदै आएको छ। प्रहरी मात्र होइन, सबै सुरक्षा निकायमा आवेदन दर घट्दै गएकाले, युवामा सुरक्षा सेवाप्रतिको आकर्षण कमजोर हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार क्षमतावान् युवाहरूले सुरक्षा सेवामा रुचि नदेखाउँदा भविष्यमा संगठनको प्रभावकारितामा असर पर्नसक्ने चिन्ता पनि बढेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...