News Portal

खाँडो जीता नदीमा पुल नहुँदा स्थानीयलाई सास्ती

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौँ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन्। दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो।

यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुने गरेको छ। अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका–१ का दिपेन्द्र यादवले बताए।

‘हाम्रो दिदिबहिनी भारत बिहे गरेर गएका छन्, उताका पनि यहाँ आएका छन्, साउन भदौमा बाढीले आवतजावत गर्नै सकिन्न’, उनले भने, ‘तिलाठी, बेल्ही, सकरपुरा, विरपुर, लोखरमलगायत दर्जनौँ ठाउँका मान्छेले यही बाटोहुँदै हिँड्नुपर्छ, अर्को बाटो जाँदा १५/२० किमी घुमेर जानुपर्छ, पुल नहुँदा धेरै समस्या छ।’

राजविराज भन्सार कार्यालय अगाडि चार दशकदेखि चचरी (बाँसको पुल)बाट आवतजावत गरिन्थ्यो। पुल व्यक्तिगत लगानीमा बेल्हीका छेदी राय र उनीपछि छोरा रामचन्द्र रायले बनाउँदै आएका थिए।

नजिकका गाउँलेबाट पुल प्रयोग गरेबापत बर्सेनि धान, चामल, गहुँ लिने र टाढाका व्यक्तिले पुलपार गर्दा न्यूनतम शुल्क लिने गरिन्थ्यो। विसं २०७८ जेठमा चचरी बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि चचरी पनि छैन।

‘चचरी हुँदा त्यति समस्या थिएन। वर्षायाममा साइकल मोटरसाइकल तार्न सकिन्थ्यो’ स्थानीयवासी बैजु साहले भने। भारतीय बजारबाट यस नाकाहुँदै आउने मालबाहक गाडी वर्षायाममा रोकिन्छन्।

बाढीले विगत तीन दशकदेखि कटान हुँदा समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका– १ का वडाध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ। उनले यहाँ सङ्घीय सरकारले पुल निर्माण गर्नुपर्ने बताए।

उनले मितेरी पुलको अत्यन्तै आवश्यकता रहेको बताए। ‘दुई देशबीचको मात्र सम्बन्ध छैन यहाँ त परिवार–परिवार, व्यक्ति–व्यक्तिको सम्बन्ध छ, त्यसलाई थप मजबुत बनाउन पनि यी समस्या समाधान हुनुपर्छ’, उनले भने।

मालबाहक गाडी र अन्य गाडीको सहज आवतजावत नहुँदा भन्सार कार्यालयको राजस्व सङकलनमा प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जानकारी दिए। (रासस)

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...